Trending
राजनीति बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति वर्तमान संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो

नेपाल-भारत मैत्री कपकाे उपाधी बहादुरगञ्जलाई

शिवराज अनलाइन
कृष्णनगर, २७ माघ ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा नेपाल-भारत मैत्री कप क्रिकेट टुर्नामेन्ट खेल प्रतियोगिता सम्पन्न भएको छ । कृष्णनगरकाे वडा नम्बर ८ बहादुरगञ्ज शाह खेल मैदानमा सञ्चालित नेपाल-भारत मैत्री कप क्रिकेट खेल प्रतियोगिता शनिबार समापन भएको छ ।

क्रिकेट खेलमा अल-कलाम पब्लिक स्कुलले टस जितेर राेजेकाे निर्धारित १४ ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रनकाे लक्ष्य दिएकाे थियोे । जसमा अल-कलाम पब्लिक स्कुलकाे तर्फबाट अनुजले २१ बलमा ५३ रन, राेयबले ९ बलमा २९ रन तथा मारुफले १५ बलमा १६ रन बनाएका थिए ।

लक्ष्यलाई पछ्याउँदै बहादुरगञ्जले ९ विकेट गुमाउँदै जीत हात परेकाे छ । जसमा रजतले १६ बलमा ६४ रन, श्रीकान्तले १६ बलमा ४१ रन, दिपुले ५ बलमा १९ रन जाेडे । यसमा राम्रो प्रदर्शन गरेका म्यान अफ दी सिरिज रजतले प्राप्त गरेका छन् । यस्तै क्रिकेट फाइनलकाे म्यान अफ दी म्याज विनिङ्ग पारी खेलेका श्रीकान्तलाई प्रदान गरिएको छ ।

कार्यक्रममा बाेल्दै पुर्व सांसद अभिषेक प्रताप शाहले क्रिकेट खेलप्रति युवाहरुकाे आकर्षण बढ्दै गएकाे बताएका छन् । स्थानीय युवालाई यस क्रिकेट खेलले उत्साहित गर्दै खेलाडी उत्पादनमा टेवा पुगेकाे बताए । उनले यस खेलले नेपाल-भारतबीच प्रगाढ सम्बन्ध समेत कायम गर्ने बताए । खेलकुदलाई अझै व्यवस्थित र युवाहरुमा उत्साह बढाउन लगानी गर्न आवश्यक रहेकाे सांसदकाे भनाई छ ।

यस्तै युवा नेता तथा समाजसेवी राम निवास पुरीले  यस क्रिकेट खेलले युवाहरुलाई केन्द्रित गरेकाे बताए । यसले उनीहरुमा आत्मविश्वास बढाएकाे बताउँदै सरकारले ध्यान दिँदै लगानी बढाउनुपर्नेमा जाेड दिए ।

क्रिकेट प्रतियोगिता युवा अमन सामाजिक विकास केन्द्र बहादुरगञ्जकाे आयाेजनामा नेपाल-भारत कप क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सञ्चालन भएको खेल संयाेजक तथा आयाेजक संस्थाका अध्यक्ष बदरे आलम शाहले जानकारी दिए ।

उनले क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टीमलाई पुरस्कार ३१ हजार रुपैयाँ नगद सहित शिल्ड मेडल, ट्रफी र प्रमाण-पत्र प्रदान गरिएकाे बताए । यस्तै द्वितीय स्थान हासिल गर्ने टीमलाई पुरस्कार १६ हजार रुपैयाँ नगद सहित शिल्ड मेडल, ट्रफी र प्रदान गरिएको  उनले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP