Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

वैदेशिक रोजगारीमा जाने नेपालीको आयु आधा मात्रै

काठमाडौं । नेपालीको औसत आयु ७०.५ वर्ष छ। तर, वैदेशिक रोजगारीमा जाने नेपाली औसत त्यसको आधा उमेरमा बित्छन्। यसरी अकालमा ज्यान गुमाउनेको संख्या बढ्दो देखिएको छ।

वैदेशिक रोजगार बोर्डका अनुसार १८ देखि ४० वर्ष उमेरका व्यक्ति काम गर्न विदेश जान्छन्। बर्सेनि ठूलो मात्रामा हुने मृत्यु पनि यही समूहको हो। पछिल्लो एक दशकमा करिब ९ हजार नेपाली कामदारले विदेशमा ज्यान गुमाएको बोर्डले जनाएको छ। उसले श्रम स्वीकृति नलिई विदेश जाने र अन्य भिसामा गएकाको तथ्यांक राख्दैन।

सरकारले बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा ग¥यो। तर, स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा नेपालबाट बर्सेनि ४ लाख ५० हजार कामदार विदेश जान बाध्य छन्। तीमध्ये दैनिक तीन जनाको पार्थिव–शरीर बाकसमा आउने गरेको छ।

श्रमविज्ञ डा. गणेशमान गुरुङका अनुसार वैदेशिक रोजगारीका क्रममा हुने मृत्युको वास्तविक तथ्य पहिचान हुन सकेको छैन। शव पोस्टमार्टम नगरी पठाइने गरेकाले मृत्युको कारण खुल्न नसकेको हो। स्वदेश ल्याएपछि पनि सरकारले पोस्टमार्टम नगरी आफन्तलाई पार्थिव–शरीर बुझाउने गरेको छ। श्रम सम्झौता हुँदा बिमाबाट पोस्टमार्टम गर्ने व्यवस्था गर्न सके मात्रै पनि मृत्युको तथ्य पत्ता लाग्ने श्रमविज्ञ गुरुङको भनाइ छ।

सर्वोच्च अदालतले २०७४ कात्तिकमा मृत्युको कारण खोज्न आदेश दिए पनि कार्यान्वयन गर्न सरकारले चासो दिएको छैन। त्यसो त सरकारले सोही वर्ष पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. केदार बरालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले मृत्युको कारण र रहस्य पत्ता लगाउन अनुसन्धान गरे पनि निचोड निकाल्न सकेको थिएन।

अनुसन्धानकर्ता रामेश्वर नेपालले श्रम गन्तव्य मुलुकमा हुने मृत्युको कारण पत्ता लगाउन अनिवार्य पोस्टमार्टम गराउनेदेखि सुरक्षाका विभिन्न उपाय अपनाउन आदेश दिए पनि सरकारले कार्यान्वयन गर्न चासो नदिनु दुःखद् भएको बताउनुभयो।

कार्यस्थलमा सुरक्षित वातावरण, अन्तर्राष्ट्रिय श्रम संगठनको निर्देशिकाअनुसार आराम, राम्रो बसोबासको व्यवस्थाबाट दुर्घटना न्यून गर्नुपर्ने भए पनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको विज्ञ बताउँछन्। त्यस्तै, धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयघातजस्ता कारणले नेपालीले ज्यान गुमाइरहेका छन्। कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइका कारण बर्सेनि नेपालीको ज्यान गइरहेको अनुसन्धानकर्ता नेपालको भनाइ छ ।

यहाँ मेडिकल फिट भएर पनि उता विभिन्न कारणले मृत्यु हुने गरेको छ। चर्को गर्मी र अत्यधिक चिसोका कारण पनि नेपाली कामदारको मृत्यु हुने गरेको विज्ञ बताउँछन्। दिनभर ५५ डिग्री तापक्रमसम्ममा काम गर्ने र राति एसीमा सुत्ने प्रवृत्तिले गर्दा बिहान उठ्दा कतिपयको मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएको छ। मलेसियामा सुतेकै अवस्थामा अचानक मृत्यु (सडेन डेथ) र कतारमा मुटुको कारण मृत्यु (कार्डियाक डेथ) हुने गरेको पाइएको छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP