Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

राष्ट्रियसभाका स्थापित मानक कायम राख्न चुनौती : वेदुराम भुषाल


काठमाडौँ : राष्ट्रियसभामा नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुषालले राष्ट्रियसभाले स्थापित गरेका मानक कायम राख्नुपर्ने बताएका छन्।

बुधवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रियसभाले गरेका असल अभ्यास र स्थापित मानक बचाइरहने चुनौती नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई रहेको बताए।

उनले नवनर्वाचित अध्यक्ष दाहालले स्थापित असल अभ्यासलाई कमजोर हुन दिन नहुने बताए। उनले राष्ट्रियसभा सरकारले दिएका बिजनेसमा मात्रै सीमित रहनु नहुने पनि बताए।

भुषालले भने, ‘राष्ट्रियसभाले केही असल अभ्यास गरेको छ। केही असल मानक स्थापित गरेको छ। यहाँको कार्यकालमा तिनीहरू कमजोर हुनु हुँदैन। तिनीहरू अझ सबल र सुदृढ बन्नुपर्छ। यो सभा सरकारले दिएका बिजनेसमा मात्रै सीमित रहेको छैन र रहनु पनि हुँदैन।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ व्यवहारबाट दिनुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP