Trending
राजनीति उपनिर्वाचन अपडेट : शान्तिपूर्ण मतदान जारी, आजै मतगणना राजनीति इलाम २ उपनिर्वाचन : तारबारसहित तयार भयो मत गणनास्थल राजनीति पालिकामा सुविधासम्पन्न खेल मैदान हुनुपर्छ : शेरबहादुर देउवा खेल रोहित पौडेलको सानदार शतकसहित नेपाल विजयी राजनीति कूटनीतिज्ञ आचार्यको दृष्टिमा कुन प्रधानमन्त्री कस्ता ? राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन

रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

रासस

बाँके : निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ।

बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई अगाडि बढाउन कठिनाइ भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताए।

‘शाखा नहर निर्माण क्षेत्रका किसानलाई दिनुपर्ने मुआब्जावापतको रकम ५८ करोड ८९ लाख रुपैयाँ आवश्यक छ, तर चालु वर्षमा १३ करोड ४० लाख मात्रै बजेट प्राप्त भएको छ’,निर्देशक निरौलाले भने।

अहिले आयोजनाको पश्चिम मूल नहरअन्तर्गत पर्ने गुरुवा गाउँ, पर्सेनीपुर, अकलघरुवा, गोहवालगायत स्थानमा धमाधम शाखा नहर निर्माण भइरहेको छ। शाखा नहर निर्माण क्षेत्रका किसानलाई करिब रु।५८ करोड ८९ लाख मुआब्जा रकम बाँड्नुपर्ने भएको छ। ‘सबै कागजी प्रक्रिया पूरा भए पनि पर्याप्त बजेट नहुँदा किसानलाई मुआब्जा रकम वितरण गर्न सकिएको छैन’, निर्देशक निरौलाले भने।

चालु आर्थिक वर्ष २०८०र२०८१ का लागि सरकारले आयोजनालाई ७५ करोड ४८ लाख विनियोजन गरेको छ। यसमध्ये मुआब्जाका लागि १३ करोड ४० लाख मात्र छुट्याइएको आयोजनाका सूचना अधिकारी इञ्जिनियर सन्देश पौडेलले बताए।

‘आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको तेत्तीस हजार ७६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ’, सूचना अधिकारी पौडेलले भने, ‘आयोजनाको शुरु अवधिदेखि हालसम्म समष्टिगत भौतिक प्रगति ४०.२२ प्रतिशत र वित्तीय प्रगति ३९.३८ प्रतिशत भएको छ।

बाँकेको राप्ती सोनारी गाउँपालिका –२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो। २०६२र०६३ मा शुरू भएको आयोजना पछिल्लो संशोधित गुरुयोजना अनुसार आर्थिक वर्ष २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य छ। संशोधित गुरुयोजना अनुसार आयोजनाको लागत ५२ अर्ब ८९ करोड हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP