Trending
राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड

‘फागु पर्वले मेलमिलाप र सद्भावको सन्देश दिन्छ’

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली पर्व) ले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन भूमिका खेल्ने बताएका छन्।

फागुपूर्णिमाका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले रङहरूको पर्वले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने बताएका छन्। यो पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

‘होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशीयालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु’, उनको शुभकामना सन्देशमा उल्लेख छ।

राष्ट्रपति पौडेलले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीति निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्धन गर्न प्रेरणा प्रदान गर्ने बताएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP