Trending
राजनीति उपनिर्वाचन अपडेट : शान्तिपूर्ण मतदान जारी, आजै मतगणना राजनीति इलाम २ उपनिर्वाचन : तारबारसहित तयार भयो मत गणनास्थल राजनीति पालिकामा सुविधासम्पन्न खेल मैदान हुनुपर्छ : शेरबहादुर देउवा खेल रोहित पौडेलको सानदार शतकसहित नेपाल विजयी राजनीति कूटनीतिज्ञ आचार्यको दृष्टिमा कुन प्रधानमन्त्री कस्ता ? राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन

चाडपर्वले समुदायबीच सद्भाव बढाउँछ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागु पूर्णिमा (होली) जस्ता चाडपर्वले समुदायबीच सद्भाव बढाउने बताएका छन्। फागूपूर्णिमाको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले समुदायलाई एकताबद्ध बनाउन चाडपर्वको महत्त्व रहेको धारणा राखेका हुन्।

‘हाम्रा चाडपर्वले समुदायबीच सद्भाव बढाउँछन्। समुदायलाई एकताबद्ध गर्न सघाउँछन्’, उनको सन्देशमा भनिएको छ, ‘विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ-आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्ध न एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन्।’

प्रधानमन्त्रीले भौगोलिक दृष्टिले सानो भएर पनि दर्शन, सभ्यता, संस्कृति, पर्व एवं विशिष्ट पहिचानका कारण नेपाल विश्व मानचित्रमा वैभवशाली देशका रूपमा स्थापित भएको तर्क गरेका छन्।

उनले फागुपूर्णिमा (होली) ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रूपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होलीपर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्ने उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP