Trending
राजनीति पालिकामा सुविधासम्पन्न खेल मैदान हुनुपर्छ : शेरबहादुर देउवा खेल रोहित पौडेलको सानदार शतकसहित नेपाल विजयी राजनीति कूटनीतिज्ञ आचार्यको दृष्टिमा कुन प्रधानमन्त्री कस्ता ? राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र

१० हजार ८ सय ६ विद्यालयका ५ लाख विद्यार्थीको आजबाट परीक्षा


काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।

आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ।

विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन शिक्षामन्त्री सुमना श्रेष्ठले सुझाब दिएकी छन्। यो परीक्षामा सामुदायिक र निजी विद्यालयका गरी देशभरिबाट १० हजार ८ सय ६ विद्यालयहरूबाट ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले परीक्षामा सामेल हुन फाराम भरेका छन्। ती मध्ये ४ लाख ८० हजार परीक्षार्थीले प्रवेश पत्र लिइसकेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन्।

यस वर्ष बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३ सय ७० विद्यार्थी सहभागी हुनेछन्। त्यस्तै मधेश प्रदेशबाट ८१ हजार ३ सय १७, लुम्बनी प्रदेशबाट ७९ हजार ५ सय १६, कोशी प्रदेशबाट ७७ हजार ४ सय १५, सुदुरपश्चिम प्रदेशबाट ५५ हजार ७ सय ६८, गण्डकी प्रदेशबाट ४० हजार ९ सय ७७ विद्यार्थी छन्। सबैभन्दा कम कर्णाली प्रदेशबाट ३९ हजार ६ सय ६८ विद्यार्थी सहभागी हुनेछन्। यो पटक जापानबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

बोर्डले २ हजार ६४ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष¸ सहायक केन्द्राध्यक्ष¸ निरीक्षक¸ सहायक र सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७ हजार ५ सय ५ जना जनशक्ति प्रत्यक्ष रुपमा परीक्षा केन्द्रमा खटाएको परीक्षा नियन्त्रक पौडेल बताए। यो वर्ष २ लाख ५३ हजार ६ सय २७ जना छात्र परीक्षामा सहभागी हुँदा २ लाख ५० हजार ७ सय ७२ छात्राले परीक्षा दिनेछन्।

परीक्षाफल लेटर ग्रेडिङ प्रणालीमा प्रकाशित हुनेछ। विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर विद्यार्थीले ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था थियो। तर अब एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनुपर्ने छ।

सैद्धान्तिकमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने छ। परीक्षाफल भने तीन महिनामा प्रकाशित गर्ने बोर्डको योजना छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP