Trending
राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड

कमल थापा आजदेखि जिल्ला दौडाहामा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा जिल्ला दौडाहामा निस्किने भएका छन्।

मकवानपुरको हेटौँडादेखि बर्दियाको गुलरियासम्म आयोजना हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन थापा बिहीबार त्यसतर्फ जान लागेका हुन्। चैत १६ गते हेटौँडामा, १७ गते चितवन र नवलपुरमा, १८ गते परासी र रूपन्देहीमा, १९ गते कपिलवस्तुमा र २० गते बाँके र बर्दियामा उनले प्रशिक्षण दिने तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

अध्यक्ष थापाले मुलुकको वर्तमान अवस्था, पार्टीको भावी कार्यक्रम र कार्यदिशा, सङ्गठन सुदृढीकरण र आन्दोलनको तयारीबारे प्रशिक्षण दिनेछन्।

उनको टोलीमा महामन्त्री बर्तौला, सहायक महामन्त्रीद्वय रामसुन्दर बिष्ट र डम्बर प्रसाद शिवाकोटी, केन्द्रीय सदस्य पुरु दाहाल, मध्यमाञ्चल क्षेत्र समन्वय समितिका अध्यक्ष माधव खत्री र जनवर्गीय सङ्गठनका अध्यक्ष सहभागी रहने पार्टी सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP