Trending
राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड

प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझावहरु कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन्। शुक्रबारको राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझावहरु कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिएका हुन्।

बैठकमा सो प्रतिवेदनउपर सांसदहरुले छलफल गरेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलमा उठेका विषयहरुका सन्दर्भमा जवाफसमेत दिएका थिए।

निर्देशन दिँदै अध्यक्ष दाहालले भने ‘प्रतिवेदनको सम्बन्धमा माननीय सदस्यहरुले छलफलमा उठाएका विषयहरु र सो सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीले जवाफका शिलशिलामा व्यक्त गर्नुभएका विचार समेतका आधारमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु।’

राष्ट्रिय सभाको अर्को बैठक चैत्र २१ गते बुधवार सवा १ बजे बस्नेगरी बोलाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP