Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

सहकारी ठगी प्रकरण : गृहमन्त्रीसँगै श्रममन्त्रीमाथि पनि कांग्रेसले उठायो प्रश्न


काठमाडौं : सहकारी ठगी प्रकरण जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रममन्त्री डिपी अर्यालमाथि पनि प्रश्न उठाएको छ।

रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउन निरन्तर माग गर्दै आएको कांग्रेसले रास्वपाकै उपभातिसमेत रहेका श्रममन्त्री अर्याल पनि जोडिएको भन्दै प्रश्न उठाएको हो।

मंगलबारको प्रतिनिधिसभामा कांग्रेस सांसद रामकृष्ण यादवले सहकारी ठगी प्रकरणमा श्रममन्त्री अर्याल पनि जोडिएको समाचार आएको भन्दै छानबिन समिति माग गर्नुको औचित्य थप पुष्टि भएको बताए।

‘सहकारी ठगीको अर्को विषय पनि आएको छ। कृषि सहकारीको अपलचन। त्यसमा श्रममन्त्री जोडिएका छन्। उनीमात्र होइन रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसमेत सहकारी संचालक थिए। सो सहकारीमा पनि जिबी राईलाई भित्र्याएइएको छ। त्यो काम श्रम मन्त्रीको हो भनिएको छ’, उनले भने, ‘यो घटनाले थप पुष्टि गरेका छ कि सहकारी ठगी सन्जाल कहाँसम्म फैलिएको छ भनेर। त्यसकाण अब झन् अति आवश्याक छ, समिति बनाउन।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP