Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

विराटनगर महानगरको बजेट ३ अर्ब ३७ करोड

काठमाडौं ।  विराटनगर महानगरले आर्थिक वर्ष २०७७/७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ ।

महानगर उपप्रमुख इन्दिरा कार्कीले छैठौं नगर सभामा बुधबार प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ ८९ करोड ८२ लाख ९६ हजार ७ सय, संघीय तथा प्रदेश सरकारबाट राजस्व बाँडफाँडतर्फ ७६ करोड ८२ लाख ५२ हजार ९ सय ४० रुपैयाँ प्राप्त हुने बताइन् ।

यस्तै, संघीय तथा प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ ३८ करोड ७ लाख ६८ हजार, संघीय सरकारबाट ससर्त अनुदानतर्फ १ अर्ब २ करोड ९ लाख, प्रदेश सरकारको सशर्त अनुदान २ करोड १० लाख ९ हजार १ सय ८० प्राप्त हुने उनले सार्वजनिक गरिन् ।

यस्तै, संघीय सरकारबाट विशेष अनुदान १३ करोड, प्रदेश सरकारबाट समपुरक अनुदान ३ करोड, वैदेशिक र अन्य संघ संस्थाबाट अनुदान ३ करोड २६ लाख ७८ हजार १ सय ८० रुपैयाँ, जनसहभागिताबाट ९ करोड ६२ लाख ५ हजार अनुमानित आय कार्कीले सभामा प्रस्तुत गरिन् ।

व्ययतर्फ प्रशासनिक खर्च ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ ३६ करोड वातावरण तथा फोहोर व्यवस्थापन तर्फ ल्यान्डफिल्ड साइटको जग्गा खरिदसहित ११ करोड ४९ लाख ५० हजार विनियोजन गरिएको छ ।

नगर स्वास्थ्यतर्फ १९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रमतर्फ ५६ करोड १३ लाख ५ हजार, महिला, बालबालिका एवं युवा विकास तथा खेलकुदतर्फ २ करोड ९ लाख २४ हजार, अन्य कार्यक्रमतर्फ ६ करोड ५२ लाख २१ हजार र भौतिक पूर्वाधारलगायत अन्य पुँजीगत खर्च १ अर्ब ७१ करोड ७९ लाख ६५ हजार विनियोजन गरेको उपप्रमुख कार्कीले बताइन् ।

महानगरले कोरोना भाइरसको महामारी र लकडाउनको प्रभावका कारण चालु आर्थिक वर्ष भन्दा १८ दशमलव ३१ प्रतिशत कम बजेट ल्याएको छ । चालु आवका लागि गत वर्ष ४ अर्ब १३ करोड ५० लाख ९२ हजार ७ सय ५० रुपैयाँको बजेट ल्याएको थियो ।

कोरोना भाइरसले आमदानी खुम्चिँदा महानगरले अनुमान गरेभन्दा चालु आर्थिक वर्षमा ४८ दशमलव २७ प्रतिशत कम २ अर्ब १३ करोड ९२ लाख ८३ हजार ५९ रुपैयाँ आमदानी भएको उपप्रमुख कार्कीले बताइन् । उनले उक्त आयमध्ये चालू आर्थिक वर्षमा १ अर्ब ७५ करोड २ लाख ५७ हजार ४ सय ४९ रुपैयाँ मात्रै खर्च हुन सकेको र अन्य मौज्दात रहेको सभामा जानकारी दिइन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP