Trending
खेल गणेशमान सिंह राष्ट्रिय क्रिकेटको उपाधि जित्यो लुम्बिनीले राजनीति उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट राजनीति डढेलो तथा आगलागी पीडितको सहयोगमा खटिन कार्यकर्तालाई माओवादीको निर्देशन समाज मानव अधिकार आयोगले भन्यो : आगलागी र डढेलोबाट नागरिकलाई जोगाऊ राजनीति इलाममा एमालेले साढे १४ हजार मत पाउँदा रास्वपाले कटायो २ हजार समाज धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै राजनीति ओलीप्रति लक्षित गर्दै माधवले भने : म प्रधानमन्त्री बन्ला भनेर केहीलाई पोल्न थालेको छ समाज सडक बत्तीको विषयमा स्थानीय तह र प्राधिकरणबीच ‘जुहारी’ अपराध सिरहामा ३ वर्षीया बालिका हत्या अभियोगमा २ जना पक्राउ राजनीति जोखिममा परेका महिला बालबालिकालाई समेट्ने गरी बजेट आउँछ : मन्त्री चौधरी

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने


काठमाडौं : गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको सिफारिस अनुसार वैशाख ७ गते शुक्रबार दिउँसो ३ बजे बस्ने गरी अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले वैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी रहेका छन् ।

सभामुखको समेत हस्ताक्षर प्रयोग गरी मुख्यमन्त्री बनेको भन्दै कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न चैत २८ गते आदेश दिएको थियो।

मुद्दाको अर्को पेशी वैशाख १० गतेलाई तोकिएको छ। तर त्यसअघि नै प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री रहेका छन्।

सोही क्रममा मुख्यमन्त्री अधिकारीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP