Trending
राजनीति नेता खतिवडाको प्रश्नः देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति के हो ? अपराध जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ राजनीति तोलाको ११ सयले घट्यो नेपाली बजारमा सुन राजनीति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप राजनीति आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राजनीति जोखिम नमोली परिणाम आउँदैन : अर्थमन्त्री पुन स्वास्थ्य गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सय लाभान्वित समाज जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन खेल नेपाललाई तेस्रो सफलता, भुर्तेलको व्यक्तिगत दोस्रो विकेट राजनीति समृद्ध नेपाल निर्माणको महाअभियान थालेका छौँ : मन्त्री शर्मा

नेपालले विश्वव्यापार संगठनबाट लाभ लिन सकेन : मन्त्री भण्डारी


काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार संगठन (डब्लुटीओ)को सदस्य भएको २० वर्ष पुगे पनि अन्ताराष्ट्रिय व्यापारबाट अपेक्षित लाभ लिन नसकेको बताएका छन्।

मन्त्रालयद्वारा ‘नेपालको विश्व व्यापार संगठनको सदस्यताको २० वर्षका अपेक्षा, उपलब्धि तथा आगामी कार्यदिशा’ विषयक आज आयोजित कार्यक्रममा उनले भने, ‘विकासशील मुलुकलाई विश्व अर्थतन्त्रबाट सिर्जित लाभ लिन र बजार पहुँच दिलाउन स्थापित यो संगठनबाट केही अपवादबाहेक अल्पविकसित मुलुकले आशा गरेअनुसार लाभ लिन सकेका छैनन्।’

उनले निर्यात सम्भाव्यता भएका राष्ट्रसँग द्विपक्षीय व्यापार तथा लगानी सम्झौता गर्न सरकार, निजी क्षेत्र, अनुसन्धान संस्थालगायत सरोकारवालाको सहभागिता अर्थपूर्ण बनाउन जरुरी रहेकोमा जोड दिँदै मन्त्री भण्डारीले अन्ताराष्ट्रिय व्यापारको सम्भावना अध्ययन गरी वस्तुगत र देशगत निर्यात रणनीति तर्जुमा गरी अगाडि बढ्ने योजना आवश्यक देखिएको बताए।

उनले विश्व व्यापारका सन्दर्भमा सार्वजनिक-निजी संवाद कार्यक्रममा सबैलाई आ-आफ्नो क्षेत्रबाट कसरी औद्योगिक तथा व्यापारिक क्षेत्रमा जागरण ल्याउन सकिन्छ भनेर बृहत् बहस तथा छलफलको आवश्यकता औँल्याए। मन्त्री भण्डारीले विश्व व्यापारको परिणाम अपेक्षाकृत आउन नसकेको उल्लेख गर्दै यसका लागि गम्भीर राष्ट्रिय बहस आवश्यक रहेको बताए।

उनले भने, ‘डब्लुटीओको मान्यतामा हामी सहमत छौँ तर नेपालका सन्दर्भमा त्यो लागू हुन सकेको छैन। हामीले आयातित वस्तुको भारी बोक्नुपर्ने अवस्था छ। यो समस्याबाट हामी मुक्त हुन जरुरी छ।’

उनले विश्व बजारमा नेपालको उपस्थिति हुन नसकेको विषयमा मसिनो ढंगले अध्ययन गर्न जरुरी रहेको बताए। कार्यक्रममा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले निजी क्षेत्रबाट अपेक्षा राखेर निर्माण गरिएका नीतिले अपेक्षानुसार सफलता नपाउँदा पनि विश्वव्यापारमा नेपालको उपस्थिति कमजोर भएको बताए।

उनले भने, ‘सरकारका तर्फबाट नीतिगत काम गर्नुपर्ने छ, हामी मन्त्रालयस्तरमा विश्व बजारमा कसरी जाने भनेर रणनीति तयार गर्दै छौँ। हामीले आफ्नो उत्पादन बढाउनुपर्छ।’

उद्योग सचिव कृष्णबहादुर राउतले विश्वव्यापार संगठनको सदस्यता लिएको २० वर्ष भइसक्दा पनि नेपालले फाइदा लिन नसकेको बताए। उनले विश्वव्यापार संगठनको सदस्य भएपछि आश्वासन पाएअनुसार व्यापारमा नेपालले हिस्सा लिन नसकेको बताए।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंह, निर्यात व्यवसायी महांघका उपाध्यक्ष गोविन्द घिमिरे, मन्त्रालयको बहुपक्षीय महाशाखाका सहसचिव लीलाप्रसाद शर्मालगायतले विश्व बजारमा नेपालको व्यापारमा पहुँच हुन नसक्दा र आयातमुखी व्यवसाय बढ्दो क्रममा रहेकाले व्यापार घाटा बढ्दो क्रममा रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP