Trending
राजनीति एमाले सर्लाहीका अध्यक्षमा साह निर्वाचित स्वास्थ्य वीर, कान्ति जस्ता ठूला सरकारी अस्पतालमा चिकित्सक थप्न सर्वेक्षण गरिने समाज जाजरकोट भूकम्पपीडितलाई बेलायतबाट दुई अर्ब १८ करोड सहयोग समाज सहायक सूचना अधिकारी नियुक्त गरी विवरण पठाउन सहकारीलाई निर्देशन राजनीति यी हुन् मन्त्रिपरिषद्ले बिहीबार गरेका निर्णय समाज तराईकाे गर्मीमा पनि किसानले लटरम्म स्याउ फलाए आर्थिक ऊर्जा आयोजनाका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन इप्पानको माग समाज अर्घाखाँचीको सुपा देउरालीमा नयाँ प्रविधि प्रयोग गरेर सडक विस्तार हुँदै समाज काठमाण्डौमा भूमिगत बिजुलीको परीक्षण हुँदै, पोलका उपकरण हटाउन प्राधिकरणको सूचना समाज मनसुनमा धेरै वर्षा हुने भएपछि जोखिम बढ्ने सम्भावना, तर छैन पूर्वतयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार दिनपछि आजदेखि उडान


काठमाडौं : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार बिहान खुलेको छ।

विगत चार दिनदेखि रोकिएका उडान बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।

‘चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन। आज भिजिबिलिटी पुगेकाले उडान शुरु भएको छ। चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए’, सूचना अधिकारी कर्णले भने।

मौसममा सुधार आएसँगै आज बिहानैदेखि उडान नियमित भएका उनले जानकारी दिए। पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवालोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ। चार दिनसम्म उडान नहुँदा यात्रुले वैकल्पिक मार्ग प्रयोग गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP