Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

स्थापना दिवस मनाउँदै सूचना आयोग


काठमाडौं : राष्ट्रिय सूचना आयोगले शनिबार १७ औं स्थापना दिवस मनाउँदैछ । दिवसका अवसरमा आयोगले आज विशेष समारोह आयोजना गर्दै विभिन्न पुरस्कार वितरण गर्दैछ ।

शीतल निवासमा हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हकका अभियन्ता, उत्कृष्ट सूचना अधिकारी र आयोगका उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गर्ने सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाले जानकारी दिइन्। आयोगका अनुसार सिराहाका परशुराम साह, पोखराका यदुनाथ बञ्जारा, हेटौंडाका इन्द्रप्रसाद बञ्जारा र सिन्धुपाल्चोक मेलम्चीका आदित्य दाहालले विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार प्राप्त गर्नेछन्।

अछामको पञ्चदेवल विनायक नगरपाालिकाका ललितबहादुर बुढा, सिन्धुलीको घ्याङखेल गाउँपालिकाका किशोरकुमार वाइवा, बागलुङको गलकोट नगरपालिकाका तुलबहादुर विक, दाङको दंगीशरण गाउँपालिकाका टेकबहादुर खत्री र धनकुटा नगरपालिकाका डम्बर रोगुलाई उत्कृष्ट सूचना अधिकारी पुरस्कार प्रदान गर्ने आयोगले जनाएको छ।

हरिहर कार्की, शान्ता न्यौपाने, लक्ष्मण अर्याल र गौरव गुरुङले उत्कृष्ट कर्मचारी पुरस्कार प्राप्त गर्ने आयोगकी प्रवक्ता थापाले जानकारी दिइन्।

संविधानमा व्यवस्था भएको सूचनाको हक प्रवर्धन, संरक्षण र प्रचलनका लागि २०६५ साल वैशाख २२ गते आयोगको स्थापना भएको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP