Trending
राजनीति संसद् बैठकअघि कांग्रेसले अरु प्रतिपक्षी दलसँग छलफल गर्दै खेल इगा स्वितेकले तेस्रो पटक जितिन् इटालियन ओपन समाज प्रहरी जवानको हत्यामा संलग्न ६ जना पक्राउ समाज बबईमा डुबेर २ जनाको मृत्यु राजनीति संसद् बैठकअघि प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख राजनीति बाफल आगलागीका घाइते अर्का एकजनाको मृत्यु, परिवारका चारै सदस्यले गुमाए ज्यान राजनीति सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन बनेको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक सुरु आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति

इजरायलले गाजामा आक्रमण बढायो

एजेन्सी

युद्धविरामको पहल जारी रहेका वेला इजरायलले गाजामा आक्रमण बढाएको छ। हमास समूह इजरायली बन्धक रिहा गर्ने इजिप्ट र कतारको प्रस्तावमा सकारात्मक भएकै समयमा इजरायलले गाजाको रफाह शहरमा थप शक्तिशाली आक्रमण गरेको हो ।

इजरायलको वार क्याबिटेनले शान्तिा वार्तामा पनि बस्ने र रफाहमाथि आक्रमण पनि जारी राख्ने निर्णय गरेसँगै त्यहाँ लडाकु विमानबाट बमबारी भइरहेको छ। यसअघि इजरायलले रफाहमा आक्रमण गरेको थिएन।

इजरायली आक्रमणमा गएराति रफाहका ठूला संरचना ध्वस्त भएको र कयौँ मानिस मारिएको एजेन्सीले जनाएका छन्। आक्रमण भएका क्षेत्रबाट कम्तीमा १२ जनाको शव निकालिएको छ।

यसअघि इजरायलले रफाहमा आक्रमण गर्न लागेको भन्दै त्यहाँका बासिन्दालाई घर छड्न चेतावनी दिएको थियो। सोमबार गाजामा एक इजरायली क्याम्पमा हमास लडाकुले गरेको रकेट आक्रमणमा तीन इजरायली सैनिक मारिएका थिए। ७ अक्टोबरयता गाजामा इजरायलले जारी राखेको आक्रमणमा ज्यान गुमाउनेको संख्या ३५ हजार हाराहारी पुगेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP