Trending
राजनीति संसद् अधिवेशनका लागि सांसदहरू नै तयार देखिनुहुन्न : सभामुख घिमिरे अपराध एनपिएलमा बेटिङ गरेको आरोपमा चार जना पक्राउ राजनीति प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट राजनीति शिक्षा विधेयक चाँडो ल्याउनुपर्छ : उपसभामुख राना राजनीति सूचना–प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्रीको आग्रह राजनीति प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट flash विजयनगरमा डेङ्गु तथा किटजन्य रोगहरु नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न खेल जनकपुर बोल्टको दोस्रो जित, कर्णाली ८ विकेटले पराजित राजनीति गौरीशंकरको उपाध्यक्षमा माओवादीको अग्रता राजनीति कांग्रेस-एमाले गठबन्धनलाई पन्छाउँदै पुथाउत्तरगङ्गामा माओवादी विजयी

नेपाल भ्रमणबर्ष २०२० को प्रचारमा जापानी सक्रिय

जापान
जापानको गुन्माकेनमा हुन लागेको पहिलो नेपाल फेस्टिवल गुन्मा २०१९ भव्य रुपमा सफल बनाउन आयोजक नेपाली साझा समाज सहित जापानको सरकारी निकायले प्रचार र व्यवस्थापनमा तिब्रता दिएको छ ।

नेपाल भ्रमणबर्ष २०२० को प्रचार सहित नेपालको संस्कृती, कला एवं भेषभुषालाई जापानीमाझ चिनाउने उदेश्य सहित आयोजना गरिएको फेस्टिवललाई यहाँको आईजिमि नगरपालिकाले सह आयोजकको रुपमा सघाएको छ ।

नगरपालिकाले सरकारी कार्यालयहरुमा प्रचार सामग्री राखेर प्रचार गर्नुका साथै आफ्नो आधिकारीक ट्विटर लगायत सामाजिक सञ्जालबाट समेत नेपाल फेस्टिवलको प्रचारमा सहयोग गरिरहेको छ ।

आईजिमि माचीका मेयर मुरायामा तोसिआकी स्वयं प्रमुख अतिथिको रुपमा सहभागी हुने फेस्टिवलमा ओईजिमी प्रहरी प्रमुख सहित यहाँका सांसदको समेत उपस्थिति रहने निश्चित भईसकेको फेस्टिवल आयोजक संस्था नेपाली साझा समाज गुन्माका अध्यक्ष बुद्धिशेरचनले जानकारी दिनुभयो ।

नेपाल फेस्टिवल गुन्मा २०१९ लाई सफल बनाउन आसा कल्चर एकेडेमी म्युजिक व्याण्ड जापानका कलाकारहरुको सहभागीता रहने भएको छ ।

गायक सुर्य खड्का सहित भरत सुनुवार, खड्क पुन, बिनोद गुरुगं, दिनेश पुन, सन्देश श्रेष्ठ, अजय लामा, अशोक गुरुगं, दानबहादुर पुन, कुशल न्यौपाने लगायतको टोलीले नेपाली मौलिक बाजागाजा सहितको सांगितिक प्रस्तुती फेस्टिवलमा प्रस्तुत गर्ने भएको छ ।

यसैगरि देउराली पञ्चे बाजा समुह टोकियोका साथै जापानमा रहनुभएका लोकप्रिय नेपाली कलाकारहरुले आफ्नो सांगितिक प्रस्तुती र कलाकारिता प्रस्तुत गर्ने हुनुभएको आयोजकले जानकारी दिएको छ ।

रञ्जय अमात्यको संयोजकत्वमा कार्यक्रम संयोजक समितिले फेस्टिवलको तयारी व्यवस्थापनलाई तिब्रता दिईरहेको र उपसंयोजकहरु मञ्जु क्षेत्री, सञ्जय गुरुगं, शेखर डंगोल लगायतबाट फेस्टिवलको प्रचारप्रसार सहित कार्यक्रम आयोजनाको काम तिब्रगतिमा भईरहेको छ ।

आलोक श्रेष्ठले फेस्टिवल सञ्चालनको लागि आर्थिक व्यवस्थापनको काम गरिरहनुभएको छ ।
नेपाल फेस्टिवल गुन्मा २०१९ सफल बनाउन मुल कमिटिमा निरज गुरुगं सचिव रहनु भएको छ भने सदस्यहरुमा राजेश खनाल, रितेश महर्जन, नविन श्रेष्ठ, हिरा रसाईली, प्रज्ञा गिरी, कमल शेरचन, कृष्ण नगरकोटी र रमेश अधिकारी रहनुभएको छ ।

जापानीहरुमाझ नेपालको पर्यटकिय गन्तव्य चिनाउँदै नेपाल भ्रमणमा आकर्षित गर्ने लक्ष्य सहित नेपालको पहिचान झल्कने कार्यक्रम, पर्यटन सम्वन्धि सूचना र नेपालको मौलिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम गुन्मा फेस्टिवलको मुख्य आकर्षण हुने भएको छ ।

नेपालको चिनारी रहेको बाटुले घर, नेपाली मौलिक परम्परा झल्काउने जाँतो सहित नेपाली भेषभुषा र कलासंस्कृतीलाई फेस्टिवलमा आकर्षक रुपमा सजाएर प्रदर्शनमा राख्न लागिएको आयोजक संस्था नेपाली साझा समाजका अध्यक्ष बुद्धि शेरचनले जानकारी दिनुभयो ।

आगामी सेप्टेम्बर महिनाको २८ र २९ तारिख शनिवार र आईतबार हुन लागेको दुई दिने नेपाल फेस्टिवल गुन्मा केन ओईजुमि माची स्थित ईजुमी नो मोरिमामा हुँदैछ ।

नेपाली साझा समाज जापानको मुख्य आयोजनामा हुन लागेको नेपाल फेस्टिवल गुन्मा २०१९ मा यहाँको सरकारी निकाय ओईजुमि नगर सह आयोजक रहेको छ ।

जापानमा भएको नेपाल फेस्टिवल सफल पार्न जापानको सरकारी निकाय नै सह आयोजक बनेर नेपालको पर्यटन प्रर्वद्धन र प्रचारमा सहयोग गरेको यो नै पहिलो पटक हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP