Trending
राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन राजनीति अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर राजनीति प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ

अर्घाखाँचीबासी आगो बालेर थाल ठटाउँदै, सलह किराले मकैबाली नष्ट (फाेटाे फिचर)

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची असार १७ । शनिबार मात्रै नेपाल प्रवेश गरेको सलह किरा अर्घाखाँचीमा पनि आईपुगेको छ । जिल्लाका ६ वटै स्थानिय तहमा सलह देखिएको छ । सलहले आकाश ढाकेपछि स्थानीयहरु आगो बालेर थाल ठटाउँदै सलह धपाउन लागिपरीरहेका छन् ।

गाउँभरी सलह फैलिएर मकै तथा तरकारी बाली खान थालेपछि कृषकहरु कसरी खेतीबाली जोगाउ सकिन्छ भनेर चिन्तित समेत बनेका छन् । बारीमा भएको मकैभरि सलहले ढाकेको मालारानी ९ का कृषक दधिराम घिमिरेले बताउनुभयो । हुर्कदै गरेको बाली सलहले नष्ट गरेपछि खाद्यान्न अभाव हुने हो कि भन्ने चिन्तामा आफुहरु रहेको उहाँको भनाई रहेको छ ।

यसैबिच जिल्लाका केही क्षेत्रमा सलहले मकैबाली नष्ट गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख दिबेशकुमार मिश्रले जानकारी दिनुभयो । मिश्रले सलह नियन्त्रणकालागी सबै स्थानिय तहहरुसंग समन्वय भएकोपनि बताउनु भयो । उहाँले प्रत्येक पालीकामा कृषि प्राबिधिकहरु रहेकोले आबश्यक परामर्शकोलागी पालीकामा रहेका कृषि प्राबिधिकसंग समन्वय गर्न पनि आग्रह गर्नुभयो ।

मिश्रले सलह कीरा देखिएमा धुवाँ लगाउने, थाल ठटाउने र अन्य ध्वनिको प्रयोग गर्ने लगायतका बिधिहरु अपनाएर सलहलार्ई बालिनालीमा बास बस्न बाट रोकथाम गर्न सकिने भन्दै कृषकलाई यो बिधि अपनाउन आग्रह गर्नुभएको छ । यस्तै ज्ञानकेन्द्रले हतासमा आत्तिनुभन्दा धैर्यपूर्वक रहन र सम्पूर्ण एग्रोभेट तथा कृषक समुह सहकारीलाई क्लोरिफाईरिफस, डेल्टामेथ्रिन, मालाथिन, ल्याम्डा साईहेलोथ्रिन लगायतका विषादिको स्टक राख्न समेत अनुरोध गरेको छ ।

उता सलह किरा नियन्त्रणका लागि भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले एक केजी सलह संकलन गर्नेलाई २० रुपैयाँ दिने निर्णय यसअघि गरी सकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP