
काठमाडौं : नेपाल प्रिमियर लिग ९एनपीएल०मा काठमान्डु गुर्खाजले चितवन राइनोजलाई एक सय १२ रनको सामान्य लक्ष्य दिएको छ।
चितवनका बलर सामु गुर्खाजका ब्याटरले संघर्ष गरे। कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन्। पेस बलर सोहेल तन्विरले पाँच विकेट लिए।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरे। गुर्खाजले २० ओभरमा नौ विकेट गुमाएर १ सय ११ रन जोड्यो।
गुर्खाजले दोस्रो ओभरमानै ओपनर स्टिफन इस्किनाजीलाई गुमाएको थियो। उनी मात्र दुई रनमा तन्विरको बलमा क्याच आउट भए। अमर रौटेलाले क्याच लिएका थिए। अर्का ओपनर माइकल लेभिटले आक्रमक ब्याटिङ गर्दै गुर्खाज समर्थकलाइ उत्साहित पारे। तन्विरलाई उनले लगातार दुई चौका प्रहार गरे। तर उनी १६ बलमा २५ रनमा क्याच आउट भए। यो विकेट पनि तन्विरकै नाममा रह्यो।
दीपक बोहराले क्याच लिएका हुन्। अर्का विदेशी खेलाडी जेरार्ड इरास्मसको विकेट कुशलले लिएपछि गुर्खाज संकटमा परेको थियो।
इरास्मस चार रनमा मैदान बाहिरिए। भिम सार्कीलाई पनि तन्विरले एक रनमा एलबीडब्लू धरापमा पारे। त्यतिबेला गुर्खाजको स्कोर बोर्डमा ३४ रन चार विकेट थियो। त्यसपछि शंकर राना र सुमित महर्जनले इनिङस सम्हाल्ने प्रयास गरे। उनीहरुबीच २९ रनको साझेदारी भएको थियो।
रौटेलाले आफ्नो पहिलो स्पेलमा नै रानालाई १६ रनमा कट बिहाइन्ड आउट गरेर गुर्खाजमाथि दबाब बनाए। चार रन जोडेका रासिद खानले लुक बेन्केन्स्टाइको बलमा शरद भेषवाकरको हातमा क्याच थमाए। ४१ बलमा २९ रन बनाएका सुमित महर्जनाई रिजन ढकालले बाहिर पठाए।
गुर्खाजको इनिङसमा उनले बनाएको रन उच्च हो। कप्तान करण केसी र साहब आलम एक-एक रनमा आउट गर्दै तन्विरले पाच विकेट पूरा गरेका थिए। जारी एनपीएलमा एकै इनिङसमा पाँच विकेट लिने उनी पहिलो खेलाडी हुन्। डान डौथवेट १९ रनमा अविजीत रहे।
११२ रनको विजयी लक्ष्यसहित चितवन अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया