Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

युवकलाई निर्घात कुट्ने प्रहरीका असइ निलम्बनमा, भिडियो भाइरल भएपछि मात्रै कारबाही

काठमाडौँ : चितवनको भरतपुरमा एक युवकलाई निर्घात कुट्ने प्रहरीका असइ निलम्बनमा परेका छन्।

चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रले असइ बुद्धिबहादुर भुजेललाई निलम्बन गरी कारबाही थालेको जानकारी दिए।

घटना गएको पुस दोस्रो सातातिरको भएको र आवश्यक अनुसन्धान थालिसकेको उनले बताए। भरतपुर महानगरपालिका ११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा उक्त घटना भएको खुलेको छ।

असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत रहेका बेला यसरी युवकलाई कुटेका बताइएको छ। सामाजिक सञ्जालमा हालैमात्र भिडियो भाइरल भएपछि प्रहरीले उक्त घटनामा एक्सन लिएको हो।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति समेत बनाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP