Trending
राजनीति प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेट समाज सडक आश्रित मानवमुक्त हुने सुनिश्चित आधार तयार गरौँ : सुनिता डंगोल समाज नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा समाज   खोटाङमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना समाज जग्गा विवादमा आमाको हत्या समाज नौ करोडमा बन्यो फलेवास नगरपालिकाको भवन समाज हावाहुरी र चट्याङ का कारण तीन जनाको मृत्यु खेल मोरक्कोलाई सन् २०२५ को ’अफ्रिका कप अफ नेसन्स’ को विजेता घोषणा समाज कर्जा दुरुपयोग गरेको अभियोगमा डङ्गोललाई पक्राउ समाज प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

म काम गर्ने मान्छे हुँ, गफ गर्नेहरूसँग तुलना नगर्नुस् : प्रकाशमान

काठमाडौं : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन्। आज काठमाडौँ महानगरपालिका–२९ को वडा भवन उद्घाटन गर्दै उनले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने गरेको भन्दै आपत्ति जनाए।

“संविधान जारी गर्नु पनि केही होइन भन्छन्। के गर्दा ठूलो काम हुने रहेछ यहाँ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ?” उनले प्रश्न गरे, “तपाईंहामीले होहल्ला गर्नेहरूको नियत के हो? त्यो बुझ्नुपर्‍यो। राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूबारे ठण्डा दिमागले लेखाजोखा गर्न आवश्यक छ।”

उपप्रधानमन्त्री सिंहले नागरिकको चाहनाअनुसार स्थिर सरकारका लागि कांग्रेस–एमाले मिलेको भन्दै सोहीअनुसार काम भइरहेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको जिकिर गरे।

यसैगरी उनले उपयोगविहीन सार्वजनिक जग्गा जनताका लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्नेमा जोड दिँदै सरकारले त्यसका लागि काम गरिरहेको बताए।

उपप्रधानमन्त्री सिंहले आफूले प्रतिनिधित्व गर्ने काठमाडौँ क्षेत्र नं १ मा सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको उल्लेख गर्दै अब स्वास्थ्य क्षेत्रमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP