Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

मोरक्कोलाई सन् २०२५ को ’अफ्रिका कप अफ नेसन्स’ को विजेता घोषणा

अफ्रिकी फुटबलको सर्वोच्च निकायले एक ऐतिहासिक र विवादास्पद निर्णय गर्दै मोरक्कोलाई सन् २०२५ को ’अफ्रिका कप अफ नेसन्स’ को विजेता घोषणा गरेको छ।मैदानमा खेल जितेको सेनेगलबाट उपाधि खोसेर मोरक्कोलाई दिइएको हो। गत जनवरी १८ मा भएको फाइनल खेलमा सेनेगल र मोरक्कोबीच प्रतिस्पर्धा भएको थियो। खेलको अन्तिम समयसम्म दुवै टोलीबाट गोल नहुँदा इन्जुरी समयमा रेफ्रीले मोरक्कोलाई पेनाल्टी दिएपछि विवाद सुरु भएपछि सेनेगलका खेलाडी र प्रशिक्षकले निर्णयको विरोधमा मैदान छाडेर बाहिरिएका थिए।करिब १७ मिनेटसम्म खेल रोकिएपछि सेनेगलका खेलाडीहरु मैदान फर्किएका थिए। मैदान फर्किएसँगै मोरक्कोका ब्राहिम डियाजले पेनाल्टी प्रहार गरेपनि गोल भने हुनसकेन। त्यसपछि थपिएको अतिरिक्त समयमा सेनेगलका पापे ग्वेले गोल गर्दै आफ्नो टोलीलाई जित दिलाउँदै ट्रफी उचालेसँगै सेनेगलमा बिजय जुलुससमेत आयोजना गरिएको थियो।मोरक्को फुटबल संघले नियमअनुसार यो खेलको नतिजा बदल्न अपील गरेको थियो। अफ्रिकी फुटबल महासंघको अनुशासन नियमको धारा ८२ र ८४ अनुसार यदि कुनै टोलीले रेफ्रीको अनुमतिबिना खेल नसकिँदै मैदान छाड्छ भने, उसलाई पराजित मानिन्छ।नियम उल्लंघन गर्ने टोलीलाई प्रतियोगिताबाट हटाउँदै विपक्षी टोलीलाई ३–० को नतिजासहित विजेता घोषणा गरिन्छ।यही नियमलाई आधार बनाएर महासंघले सेनेगलको जित खारेज गर्दै मोरक्कोलाई आधिकारित बिजेता घोषणा गरेको हो। मोरक्को फुटबल संघले यो निर्णय कसैको खेल प्रदर्शनलाई कम आँक्नका लागि नभई नियमको पालना गराउनका लागि भएको बताएको छ।सेनेगलले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन, तर उनीहरूले सामाजिक सञ्जालमा ट्रफीसहितको विजय जुलुसको भिडियो पोस्ट गर्दै आफूहरू नै विजेता भएको संकेत गरेका छन्।उपाधि हात पारे पनि मोरक्कोले आफ्ना मुख्य प्रशिक्षक वालिद रेग्रागुईलाई भने पदबाट हटाएको छ। विश्वकप आउन ४ महिना बाँकी छँदा मोरक्कोले यो कदम चालेको हो। अब इतिहासको पानामा २०२५ को अफ्रिकन च्याम्पियनका रूपमा सेनेगलको साटो मोरक्कोको नाम लेखिनेछ। थााहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP