Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संघीयता मन नपराउनेहरुले सरकारको कुशासनको फाइदा उठाएर अहिले व्यवस्थाविरोधी अभियान चलाएको आरोप लगाएको छ।

सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो आरोप लगाएको हो।

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आइतवार जम्मा भएको भीडप्रति लक्षित गर्दै माओवादीले सरकारका नराम्रा कामहरुको फाइदा उठाएर व्यवस्थाविरोधीहरुले अभियान सञ्चालन गरेको आरोप माओवादीको छ। माओवादीले सरकार सबैखाले काममा अहिले असफल भएको निष्कर्ष निकालेको छ।

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा तराई/मधेश अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीति परिस्थिति र स्ववियु निर्वाचनबारे छलफल भएको बताए।

उनले अभियानले झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा गरेको दावी गरे। उनले माओवादी नै परिवर्तनको संवाहक भएको दावी गर्दै केही समय जनताप्रति बेवास्ता भएको कुरा स्वीकार गरेपछि पार्टीप्रति जनता धेरै आकर्षित र आशावादी रहेको जिकिर गरे।

जनताका अपेक्षा, आशा पूरा गर्न माओवादी सदन र सडकमा प्रभावकारी बनाउने पनि निर्णय भएको बताए।

‘अभियानको प्रारम्भिक समीक्षा भयो। वर्तमान राष्ट्रिय राजनीति परिस्थितिबारे छलफल भयो। स्ववियु निर्वाचनबारे पनि छलफल भयो। झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा भएको छ‚’ उनले भने, ‘राष्ट्रिय राजनीतिक परिस्थितिमा भन्दा प्रतिगामीहरु अलिकति सल्बलाएका छन् तर जनतालाई निकै प्रभाव परेको छैन। पहिलादेखि चाहनेहरुले केही आशा गरेको पाइयो तर नेपाली जनता लोकतन्त्रको पक्षमा छन्।’थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP