
कोरोना भाइरसबाट तेस्रो उच्च संक्रमित मुलुक बनेको भारतमा कोभिड–१९ कै कारण मृत्यु हुनेको संख्या २० हजार नाघेको छ ।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १८४ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४६७ जनाको मृत्यु भएको छ ।
संक्रमित हुनेको संख्यासात लाख नाघेर सात लाख २१ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा २२ हजार २५२ नयाँ संक्रमित फेला परेका जनाइएको छ ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा दुई लाख ११ हजारभन्दा बढी संक्रमित पुगेका छन् भने नौ हजार २६ जनाको मृत्यु भएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया