Trending
खेल इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा राजनीति शेखर कोइराला २५ सय मतले पछाडी राजनीति सर्लाही-४ मा गगनभन्दा अमरेश दोब्बर मतले अगाडि खेल खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा समाज आज एकैदिन ११ हजारले घट्यो सुनको मूल्य अन्तर्राष्ट्रिय पश्चिम एशिया तनाव : खाडीमा रहेका नेपालीको सुरक्षा चिन्ता समाज साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द राजनीति आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक  राजनीति सुरक्षा परिषद्को बैठक, दिउँसो ३ बजे बस्ने राजनीति निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्‍याउँछौँः गृहमन्त्री

सरकार ‘शुभकामना’ दिन पनि योग्य छैन : पूर्वमुख्यमन्त्री राई

विराटनगर : सरकार ‘शुभकामना’ दिन पनि योग्य नभएको भन्दै एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले असन्तुष्टि व्यक्त गरेका छन्।

पूर्व मुख्यमन्त्री समेत रहेका राईले प्रदेशसभामा जारी बर्खे अधिवेशनको क्रममा बोल्दै पटक–पटक आवाज उठाउँदा पनि प्रभाव नपरेको भन्दै सरकार जवाफदेही हुनुपर्ने बताए।

राईले भने, “धेरै पटक बलियो बोलेर केही हुन्छ जस्तो लागेको छैन। आफ्नै इज्जत जोगाउन पनि अब नबोल्नुपर्ने स्थिति आएको छ।” उनले वर्तमान सरकार ‘शुभकामना’का लागि पनि लायक नरहेको भन्दै आलोचना गरे।

सांसद राईका अनुसार अघिल्लो अधिवेशनमा टुंग्याउने भनिएको योजनाको नियमावली अझै बनेको छैन। उनले थपे, “तीन वर्षसम्म नियमावली नबनाई सांसदलाई सजिलो पार्ने भनेर सभामा जान नमिल्ने अवस्था बनाइएको छ।”

रातो किताबमा परेको सार्वभौमिक बहुवर्षे योजना आफ्नै क्षेत्रमा टुक्रे बनाएर, कोटेशनमा लगेर कार्यान्वयन गरिएको समेत बताए।

राईले ठेक्का प्रक्रिया र विपक्षलाई बेवास्ता गर्दै गरिएको योजनाको कार्यान्वयनप्रति पनि आपत्ति जनाए। “बहुवर्षीय स्रोत सुनिश्चितताको योजना बनाउन एक वर्ष लाग्छ भने सरकारले काम के गर्छ?”‚ उनले प्रश्न गरे।

जननिर्वाचित नआएको योजना आयोगको भूमिका र योजनामा गरिएको ठाडो नियुक्तिप्रति पनि उनले आलोचना गरे। साथै लगानी सम्मेलन राम्रो भए पनि ‘धेरै हल्ला नगर्नु, यही फाइनल सम्झौता हो भने ढर्रा नगर्नु’ भन्दै सरकारलाई चेतावनी दिएका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP