Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

विजयनगरका मदरसालाई शैक्षिक तथा खेलकुद सामग्री


घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ७ गते ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले मदरसाहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेकाे छ । पालिकाभित्र रहेका १८ ओटा धार्मिक विद्यालय मदरसाहरुलाई मंगलबार उक्त सामग्री वितरण गरिएकाे हाे । खेलकुदकाे माध्यमबाट मदरसामा अध्ययनरत विद्यार्थीलाई शिक्षामा थप उत्प्रेरणा दिने उद्देश्यले शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिएको गाउँपालिका शिक्षा शाखाका प्रमुख हरिहर बेल्बासेले जानकारी दिए ।

गाउँपालिकाले मदरसाहरुलाई भलिबल १ थान, भलिबल नेट १ थान, ब्याडमिन्टन १ सेट, क्रिकेट बल २ थान, क्रिकेट ब्याट २ थान, क्रिकेट स्टम्प १ सेट, स्किपिङ २ थान, ब्याडमिन्टन कक १ राेल, अल इन वन किताब २ थान, ब्लक सेट २ थान, नेपाली वर्णमाला २ थान, अंग्रेजी राइमस् २ थान, गुणन तालिका १ थान र अंक तालिका १ थान उपलब्ध गराइएकाे उनले जनाए ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले मदरसा शिक्षालाई प्रभावकारी बनाउनुपर्नेमा जाेड दिएका छन् । उनले काेही पनि विद्यार्थी शिक्षाबाट वञ्चित नहुने गरी शतप्रतिशत बालबालिकालाई अनिवार्य रुपमा मदरसामा भर्ना गरेेर पठनपाठनका क्रियाकलापलाई अगाडी बढाउनुपर्ने जिकिर गरे । उनले धार्मिक किताबकाे साथै सरकारले मदरसामा अनिवार्य गरेका विषयहरुलाई अझै बढी महत्त्व दिई अध्ययनअध्यापनमा जाेड दिन आग्रहसमेत गरे ।

मदरसामा शैक्षिक सुधार र गुणस्तरीयताका लागि माैलाना, अभिभावक र व्यवस्थापन समितिले पनि चाँसाेे राख्न आवश्यक रहेकाे उनलेे बताए । गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेकाे बताउँदै गाउँपालिकाबाट उपलब्ध हुने हरेक सेवा सुविधा, माग र आवश्यकतालाई महसुस गरेकाे हुँदा आवश्यकता अनुसारकाे बजेट विनियोजन गर्दै जाने अध्यक्ष थापाले प्रतिबद्धतासमेत जनाए ।

यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले परम्परागत भन्दा आधुनिक शैक्षिक सिकाई शैलीमा जाेड दिइन् । वार्षिक, मासिक र दैनिक समय तालिम अनुसार विद्यार्थीकाे पठनपाठनमा लाग्नुपर्ने उनले बताइन् । कार्ययाेजना नहुँदा शैक्षिक नतिजा कमजोर देखिएकाे बताउँदै गुणस्तरीय र प्रभावकारीताका लागि अनुगमन कार्यलाई निरन्तरता दिने उपाध्यक्ष चाैधरीकाे भनाइ छ ।

कार्यक्रमलाई शिक्षा शाखाका प्रमुुख हरिहर बेल्बासे, शिक्षा समितिका सदस्य विजय कुमार चाैधरीले सम्बाेधन गरेका थिए । शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्यक्रममा शिक्षा समितिका सदस्य हरिनारायण चाैधरी, राम कुमार रिजाल, मदरसा व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकहरुकाे उपस्थिति थियोे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP