Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

खेलकुदको विकासका लागि प्याब्सन र खेलकुद महासंघबीच सम्झौता

काठमाडौँ : नेपाल स्कुल खेलकुद महासंघ र निजी तथा आवासीय विद्यालय संगठन नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच महासंघ र प्याब्सनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा महासंघका अध्यक्ष विनोद श्रेष्ठ, प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र अन्ताराष्ट्रिय स्कुल खेल महासंघका प्रतिनिधि राजकुमार कार्कीले हस्ताक्षर गरे। समझदारीसँगै निजी तथा आवासीय विद्यालयहरूमा खेलकुद कार्यक्रमको विकास, प्रवर्धन र समन्वयका लागि संयुक्त कार्य संरचना स्थापना गर्ने उद्देश्य लिइएको छ।

विद्यार्थीमा शारीरिक स्वास्थ्य, सामूहिक भावना, अनुशासन र समग्र व्यक्तित्व विकासका लागि खेलकुदको महत्व रहेको प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए। सम्झौताअन्तर्गत पूर्वाधार विकास, प्रतियोगिता आयोजना, प्रतिभा पहिचान तथा शारीरिक शिक्षाको प्रवर्धनमा सहकार्य गरिने बताए।

निजी तथा आवासीय विद्यालयहरूमा विद्यार्थीको खेलकुद तथा शारीरिक गतिविधिमा सक्रिय सहभागिता बढाउने, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा कप, गेम्स र स्कुल प्राइमर लिग लगायतका प्रतियोगिता आयोजना गरिने बताए।

निजी तथा आवासीय विद्यालयहरूमा खेलकुद उपकरण र संरचना सुधारमा सहयोग गर्ने, युवा खेलाडीलाई पहिचान गरी उनीहरुलाई विशेष तालिम र प्रतिस्पर्धामार्फत विकास गर्न आवश्यक अवसर प्रदान गर्ने उद्देश्य राखिएको छ। सम्बन्धित पक्षहरूले खेलकुद कार्यक्रमका लागि आवश्यक आर्थिक तथा भौतिक स्रोतहरूको परिचालनमा सहकार्य गर्नेछन्।

सरकारी निकाय, निजी क्षेत्र तथा अन्ताराष्ट्रिय निकायहरूसँग सहकार्य गरी स्रोत जुटाउने उनको भनाइ छ। कार्यक्रमको प्रभावकारिता सुनिश्चित गर्न संयुक्त अनुगमन र मूल्यांकन प्रणाली लागू गरिनेछ। सम्झौता आजैबाट शुरु भई तीन वर्षका लागि मान्य हुने बताइएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP