
सविना खनाल
काठमाडौँ : बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता बढाउन सरकारले आयुर्वेदिक औषधिलाई राष्ट्रिय अभियानकै रूपमा सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक सेवा विभागको नेतृत्वमा आयुर्वेदिक पद्धतिबाट तयार गरिएको स्वर्णविन्दु प्राशन थोपा खुवाउन लागेको हो।
जस अनुसार पहिलो चरणमा ६ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई यो थोपा खुवाइने आयुर्वेद विभागले जनाएको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका समेत बनाएर स्वीकृत गरिसकेको छ।
परीक्षण सफल भएपछि देशव्यापी खुवाउने निर्णय
तर यो स्वर्णविन्दु प्राशन भने सरकारले पहिलो पटक खुवाउन लागेको होइन। यसअघि तीन वटा जिल्लामा परीक्षणको रूपमा खुवाइसकिएको र उक्त कार्यक्रम त्यहाँ सफल भएपछि देशव्यापी रूपमा खुवाउने अभियान सञ्चालन गर्न लागिएको हो।
यसअघि प्रादेशिक आयुर्वेद चिकित्सालय दाङ, पर्सा र चितवनमा परीक्षण रूपमा खुवाइसकिएको छ। यी तीनवटै ठाउँबाट ६ हजारभन्दा बढी बालबालिकालाई यो थोपा खुवाइसकेको र यो खाएका बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पनि बढेको पाइएको हुँदा यस कार्यक्रमलाई विस्तार गर्ने निर्णय गरिएको आयुर्वेद तथा वैकल्पिक सेवा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले बताए। त्यसका लागि विभागले करिब एक करोड विनियोजन गरेको समेत बताए।
विभागले आयुर्वेद औषधालयहरूलाई अधिकतम ५ लाख रुपैयाँ र न्यूनतम ३ लाख रुपैयाँका दरले ‘हामीले यसअघि तीन जिल्लाका केही आयुर्वेद औषधालयबाट यो स्वर्णविन्दु प्राशन खुवाइसकेका छौँ र सफल भएको पाइयो। त्यसैले अन्य जिल्लामा पनि कार्यक्रम विस्तार गर्न लागिएको हो’‚ आयुर्वेद विभागका महानिर्देशक डा. यादवले भने।
के हो स्वर्णविन्दु प्राशन थोपा ?
आयुर्वेद चिकित्सक रहेका विभागका महानिर्देशक डा. यादवका अनुसार स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर लेहमा परिणत गरी बनाइएको थोपा नै स्वर्णविन्दु प्राशन हो। यसैको थोपालाई रूपमा बालबालिकालाई सेवन गराइने लागिएको हो।
आयुर्वेद चिकित्सा विज्ञानको बालबालिकाको स्वास्थ्य संरक्षण, प्रवर्धन उपचार पुनर्स्थापना सम्बन्धी ग्रन्थ कौमारभृत्यको मूल ग्रन्थ काश्यप संहितामा बालबालिकाको सर्वाङ्गीण विकासका लागि स्वर्णबिन्दु प्राशनको वर्णन गरिएको छ।
बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णबिन्दु प्राशनको महत्वपूर्ण भूमिका रहेको छ।
कसरी खुवाउने ?
निर्देशिकामा उल्लेख भएअनुसार स्वर्णबिन्दु प्राशन प्रत्येक महिनामा तिष्य नक्षत्रको दिन पारेर तोकिएको आयुर्वेद औषधालयहरूमा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा तोकिए बमोजिमको मात्रामा खुवाइनेछ। यस कार्यक्रमबाट ६ महिनादेखि ५ वर्षसम्म वर्षसम्मका बालबालिकाहरू लाभान्वित हुनेछन्। यस कार्यक्रममा ज्वरो, झाडापखाला, आउँ, रुघा खोकी सर्दीमर्की भएका बालबालिकालाई भने यो खुवाइँदैन।
यस स्वर्णबिन्दु प्राशन कार्यक्रमबाट बालबालिकाको समग्र स्वास्थ्य संरक्षण र प्रवर्धन भई रोग प्रतिरोधात्मक क्षमता बढ्ने अपेक्षाका साथ यो वर्षदेखि राष्ट्रिय कार्यक्रमको रूपमा सञ्चालन गरिएको डा. यादवले बताए।
आगामी वर्षमा क्रमिक रूपमा आयुर्वेद स्वास्थ्य संस्था रहेका सबै स्थानीय तहमा विस्तार गरिनेछ। योपटक भने कार्यक्रममा २५ वटा आयुर्वेदिक स्वास्थ्य संस्थामार्फत यो कार्यक्रम थप सञ्चालन गर्न लागिएको हो।
यी २५ वटा आयुर्वेद स्वास्थ्य संस्थाबाट खुवाइँदै छ स्वर्णविन्दु प्राशन
आयुर्वेद विभागका महानिर्देशक डा. यादवका अनुसार पहिलो चरणमा यही भदौ ५ गते तिष्य नक्षत्र पारेर यो २५ वटा आयुर्वेद स्वास्थ्य संस्थाबाट स्वर्णविन्दु प्राशन थोपा खुवाइँदै छ। जस अनुसार प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङ,त्रि वि आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर, आयुर्वेद चिकित्सालय नरदेवी, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर, बागमती प्रदेश, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ, कोशी प्रदेश,राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौँ, प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी, सुदूरपश्चिम प्रदेश, प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर, झापा, कोशी प्रदेश,प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, पर्सा, मधेश प्रदेश, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,धनुषा, मधेश प्रदेश, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,सर्लाही, मधेश प्रदेश,आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौँ, बागमती प्रदेश, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर, बागमती प्रदेश,आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर, बागमती प्रदेश,आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन बागमती प्रदेश, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, बागमती प्रदेश, गण्डकी आयुर्वेद अस्पताल, पोखरा, गण्डकी प्रदेश, धौलागिरि आयुर्वेद अस्पताल, बागलुङ, गण्डकी प्रदेश, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तनहुँ, गण्डकी प्रदेश, लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवल, लुम्बिनी प्रदेश,बर्दिया आयुर्वेद स्वास्थ्यकेन्द्र, गुलरिया, लुम्बिनी प्रदेश, प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत, कर्णाली प्रदेश,आयुर्वेद स्वास्थ्यकेन्द्र, दैलेख, कर्णाली प्रदेश,आयुर्वेद स्वास्थ्यकेन्द्र, जुम्ला, कर्णाली प्रदेश,राप्ती आयुर्वेद चिकित्सालय, दाङ, लुम्बिनी प्रदेशमा यो थोपा खुवाइँदै छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया