Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

युवा संघ नेपालका सह–संयोजक संजीव राईलाई ६ महिनाका लागि निलम्बन सिफारिस

काठमाडौं : युवा संघ नेपाल केन्द्रीय अनुशासन आयोगले सह–संयोजक संजीव राईलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ।

आयोगका अनुसार गत २०८२ साउन ३ गते भित्र स्पष्टीकरण पेस गर्न भनिए पनि राईले लिखित जवाफ पेस नगरी संगठनविपरीत गतिविधि जारी राखेका थिए। विशेषगरी उनले सामाजिक सञ्जालमार्फत संगठन विरोधी प्रचार–प्रसार गरेको, समानान्तर समिति गठन गरेर आन्तरिक जीवनलाई प्रभावित पारेको र संघको एकता तथा अनुशासनमा गम्भीर आघात पुर्‍याएको आयोगले जनाएको छ।

संगठनका इन्चार्ज कमरेड लक्ष्मण के.सी.को सिफारिसमा बनेको नयाँ राष्ट्रिय महाधिवेशन आयोजन समिति गठन भएपश्चात राईले समानान्तर समिति बनाएको आरोप लागेको हो।

संघको विधान २०७८ को धारा १६ (घ) अनुसार, आयोगले राईलाई साधारण सदस्यता समेत नदिई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय लिएको छ।

यस विषयमा आयोगका अध्यक्ष विकल के.सी.ले ‘अनुशासन विपरीतका कार्यलाई संगठनले गम्भीरतापूर्वक लिएको छ’ भन्दै आगामी दिनमा यस्ता गतिविधि सहन नसक्ने चेतावनीसमेत दिएका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP