
कपिलवस्तु, १० असाेज ।
टेक बहादुर भण्डारी एक प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । उनी पाल्पाकाे तिनाउ गाउँपालिका-५ घघुँराछापमा अवस्थित अमर प्राथमिक (आधारभूत) विद्याललयका प्रधानाध्यापक हुन् । उनकाे विद्यालयमा जम्मा ८ जना विद्यार्थी मात्र अध्ययनरत रहेका छन् ।
प्रअ भण्डारीसहित ३ जना शिक्षकहरुले अध्यायपन गराई रहेका छन् । यस विद्यालयमा कक्षा ३ सम्म सञ्चालन हुँदै आएको छ । उनले प्रअकाे जिम्मेवारीलाई बेवास्ता गर्दै विजयनगर गाउँपालिकामा धाउँदै आएका छन् । उनी कपिलवस्तुकाे विजयनगर गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।
उनी प्रायः अहिले गाउँपालिकाकाे विभिन्न चाेक र नास्ता पसलमा भेटिन्छन् । उनले जनप्रतिनिधि र कर्मचारीहरुलाई भ्रष्ट भएको भन्दै कुरा काट्दै हिडेकाे पाइएको छ । जहिल्यै पनि विजयनगरमा उनी भेटिन्छन्, कहाँ पढाउँछन् ? कसरी उनले पढाउने समय मिलाएकाे छ ? भन्दै स्थानीय प्रश्न गर्न सुरु गरेका छन् ।
शिक्षकले अपनाउनुपर्ने आचारसंहितालाई उलङ्घन गर्दै राजनैतिक विषयवस्तुमा उनी व्यस्त छन् । उनले पढाउने विद्यालय विकट भएकाे भन्दै घर पायक विजयनगर गाउँपालिकामा सरुवाका लागि प्रयासरत रहे । नियम, कानुनी र प्रक्रिया लगायत विविध कारण बस गाउँपालिकामा उनको सरुवा भएन ।
स्राेतका अनुसार वडा अध्यक्ष, शिक्षा शाखा प्रमुखलाई सरुवाका लागि आवश्यक (घुस) पैसासमेत दिन तयार भएको तर मानेन भन्दै गाउँपालिकाकाे विभिन्न चाेक चाैराहामा भण्डारीले आफै कुुरा गर्दै हिडेका छन् । उनी गाउँपालिकाकाे वडा नम्बर ६ मा रहेकाे मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालय बद्धाैरमा भएको दरबन्दीमा सरुवा भई आउने प्रयासमा थिए ।
उनकाे सरुवा नभएपछि उनी लामाे समयदेखि गाउँपालिकाकाे विभिन्न काममा, जनप्रतिनिधि र कर्मचारीकाे विषयमा विरोध, बदनाम र टिकाटिप्पणी गर्दै
आएका छन् । उनले भ्रष्टाचार माैलाएकाे भन्दै आफ्नो फेसबुक सामाजिक सञ्जालमा जनप्रतिनिधि र कर्मचारीलाई निराधार आराेप लगाउँदै असन्तुष्ट व्यक्त गर्दै आएका हुन् ।
आम नागरिकलाई ‘वाक स्वतन्त्रता’ भएको भन्दै विराेध गर्नु मेराे अधिकार भएको उनको भनाइ छ । उनी आफू कानुनको विद्यार्थी समेत भएको बताउँदै सबै कानुनी प्रक्रिया मलाई थाहा भएको हुँदा कसैले बाेल्नबाट राेक्न नसक्ने र अरुलाई सिकाउन आवश्यक नभएको बताउँछन् ।
यता विजयनगर गाउँपालिकाका एक कर्मचारीले प्रअ भण्डारीले गाउँपालिकालाई नै टार्गेट गरि विभिन्न स्टाटस लेख्दै आएकाे बताउँदै शिक्षकमा हुनुपर्ने गुण नभएको बताए । उनले आफ्नो कर्तव्य निर्वाह गरि शिक्षा पेसालाई प्रभावकारी र गुणस्तरीय बनाउनुकाे सट्टा राजनीतिक थलाे बनाउने कार्यमा सक्रिय भएको आराेेप लगाए ।
यता अमर प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र घर्ती मगरले प्रअ टेक बहादुर भण्डारीले नियमित विद्यालयमा उपस्थित भएको दावी गरेका छन् । बाहिर जाँदा भण्डारीले जानकारी गराएरैे जाने गरेकाे उनको भनाइ छ ।
विजयनगर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका अनुसार पालिकामा उनको सरुवा नभएकै कारण उनले आक्राेश पाेख्दै बदनाम गराउँदै हिडेकाे बताउँछ्न् । कर्मचारीसँग विवाद, कानुन जानेकाे नाटक गर्दै सामाजिक सञ्जालमार्फत प्रहार गरिरहेकाे बताउँछन् ।
अरुलाई संविधान र कानूनको पाठ पढाउने गरेका प्र.अ. भण्डारी स्वयं भने शिक्षा नियमावली, २०५९ को नियम १३३ अन्तर्गतको शिक्षकले पालना गर्नुपर्ने आचारसंहिताको धज्जी उडाउने गरेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया