Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप

काठमाडौं : बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप दिइएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बारा र पर्सा दुवै जिल्लाको १० लाख १८ हजार ६० लक्षित जनसङ्ख्यामध्ये सात लाख २३ हजार ८३६ ले खोप लिइसकेको जानकारी दिए।

खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप अभियानको प्रारम्भिक तथ्याङ्कमा पर्सामा अभियान सुरु भएको छैँठो दिनमा छ लाख ५२ हजार १२९ जनामा हालसम्म चार लाख ५६ हजार ७७८ जनाले खोप लिइसकेका छन्। यसैगरी बारामा तीन लाख ६५ हजार ९३१ मा दुई लाख ६७ हजार ५८ जनाले खोप लिइसकेका छन्।

पर्सामा फैलिएको हैजा महामारीको प्रतिकार्यस्वरूप जिल्लाका सबै स्थानीय तह र पर्सासँग सिमाना जोडिएका बाराका छ वटा स्थानीय तहहरू, कलैया उप–महानगरपालिका, जितपुर–सिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा एक वर्ष उमेर माथिका सबैलाई हैजाविरुद्ध खोप दिइँदैछ।

असोज २६ देखि पर्सा र २७ देखि बारामा सुरु भएको अभियान हाल सबै स्थानीय तहमा उत्साहका साथ सञ्चालन भइरहेको खोप शाखा प्रमुख डा गौतमले जानकारी गराए। उनले भने, “हाललाई भोलिसम्म अभियानलाई निरन्तरता दिन्छाैँ । कति सकिन्छ त्यसका आधारमा तिहारपछि सञ्चालन गर्ने योजना छ।”

नेपाल सरकारले पर्सा र बारामा देखिएको हैजा महामारीको उच्च जोखिमलाई ध्यानमा राखी खोप अभियान सञ्चालन गरेको हो। सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाका कार्यालय, नियमित खोप सेवा सञ्चालन गर्ने बाह्य खोप केन्द्र, मन्दिर, मस्जिद, बसपार्क, नेपाल–भारत सिमानाका मुख्य नाका, उद्योग, कारखाना, इँट्टाभठ्ठा जस्ता स्थानहरूबाट खोप खुवाइँदै छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP