Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

धान काटिसकेपछि खेतमै गरिने परम्परागत ‘औली उतर्ना पूजा’ लोपोन्मुख

कञ्चनपुर : धान काटिसकेपछि खेतमै गरिने परम्परागत ‘औली उतर्ना पूजा’ लोपोन्मुख अवस्थामा पुगेको छ।

विशेष गरेर धान काट्न प्रयोग हुने करौती र हँसिया एवं यस्ता हतियारमा धार लगाउन प्रयोग हुने पत्थरलाई पूजा गर्ने परम्परालाई ‘औली उतर्ना पूजा’ भन्ने गरिन्छ।

पहिलेका दिनमा थारू समुदायले धान काटिसकेपछि खेतका कुनामा हँसिया र धार लगाउने पत्थर राखी पूजा गर्थे। ‘लामो बाँसको टुप्पोमा कुशको मयुर बनाएर झुण्ड्याइन्थ्यो, त्यसमै धानका बाला र फूलको माला पनि राखिन्थ्यो’, थारू अगुवा धनबहादुर कुश्मीले भने, ‘यो हाम्रो संस्कृतिको प्रतीक थियो, तर अहिले खेतमा त्यो दृश्य देख्नै मुस्किल छ।’

उनका अनुसार औली उतर्ना पूजामा खेतको सबै धान काटिसकेपछि एक क्यारीको कुनामा थोरै धान बाँकी राखी घरको अगुवाले पूजा गर्थे । बाँकी राखिने त्यस धानलाई थारू समुदायले ‘उइँरा’ भन्ने गर्दछन्। पूजामा जल, सिन्दुर, फूल र मदिरा अर्पण गरिन्थ्यो । पूजा गर्ने बेलामा बचाइएको धानलाई बायाँ हातले काट्ने चलन थियो।

हँसिया बसाल्ने परिवारका सदस्यको टाउकोमा धानसहितको बाला खन्याइन्थ्यो, जसले देवीदेवताप्रति सम्मान र आगामी वर्ष राम्रो धान फलोस् भन्ने कामना जनाउँथ्यो।

‘अन्नले भकारी टन्न भरियोस्, रोगव्याधि नलागोस् भन्ने विश्वासका साथ यो पूजा गरिन्थ्यो’, कुश्मीले स्मरण गरे। यस अवसरमा थारू समुदायले जाँड, मदिरा, सुगुरको मासु, माछा र अन्य परिकार बनाइ परिवारका सदस्यसँग बसेर रमाइलो गर्ने परम्परा थियो। खेतमै सयपत्रीका माला महिलाहरूले उनेर पूजामा सहभागीहरूलाई पहिर्याउँथे। परम्परागत गीत गाउँदै मादल बजाउँदै रमाइलो गरिन्थ्यो।

थारू संस्कृतिका जानकार हवलदार चौधरीका अनुसार औली उतर्ना पूजा थारू समाजको कृषि–संस्कृति र प्रकृतिप्रतिको कृतज्ञताको प्रतीक हो। ‘पहिले वृद्धवृद्धाले धान काटिसकेपछि गाउँभर यो पूजा गर्थे, अहिले त धेरै युवाले यस पूजा पद्धतिको नाम पनि सुनेका छैनन्’, उनले भने। बूढापाकाले नयाँ पुस्तालाई यसको अर्थ र विधि नबुझाइदिँदा थारू समुदायको मौलिक पूजा पद्धति लोप हुने अवस्थामा पुगेको ठम्याइ उनको रहेको छ। ‘पहिले खेतीपातीसँगै पूजा–संस्कार पनि हुन्थ्यो, अहिले खेतीमात्र बाँकी छ, पूजा पद्धति हरायो’, उनले दुःख व्यक्त गरे।

थारू समुदायका पुराना पुस्ताले औली उतर्ना पूजालाई देवीदेवतासँग सम्बन्ध कायम राख्ने माध्यमका रूपमा हेर्थे। यो पूजा सम्पन्न नगरी घर फर्कनु अशुभ मानिन्थ्यो। तर अहिले आधुनिक कृषि उपकरण, समयको अभाव र नयाँ पुस्ताको उदासिनताका कारण यो परम्परा क्रमशः हराउँदै गएको छ। थारू अगुवाहरूले भने यसको पुनर्जीवनका प्रयास गर्न सके सांस्कृतिक पहिचान पुनः स्थापित हुने विश्वास व्यक्त गरेका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP