Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

राजनीतिक दलको भ्रातृ संस्थाको रुपमा स्वीकार नगर्ने सूचनाप्रति थप प्रष्ट

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक प्राध्यापकका संघ संगठन राजनीतिक दलको भ्रातृ संस्थाको रुपमा स्वीकार नगर्ने सूचनाप्रति थप प्रष्ट पारेका छन्।

मन्त्री पुनले शिक्षक संघ संगठन राजनीतिक गतिविधिमा संलग्न भएमा कारबाही गर्ने चेतावनी दिएका थिए। उनले आज फेरि सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्, ’संविधानले दिएको अधिकार कसैले खोस्न सक्दै सक्दैन। तर, राजनैतिक पार्टीहरुको संरक्षणमा विद्यालयहरु र विश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पुर्‍याउन र विद्यार्थीहरुको भविष्य संग खेलवाड गर्न पाइने छैन भनेर सूचना गरेको हो।’

सिटिइभिटीमा, विद्यालयहरुमा र विश्वविद्यालयहरुमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरु र अविभावकहरुको हजारौं गुनासो र उजुरी सुनेर सूचना प्रकाशित गरिएको उनले प्रस्ट पारेका छन्।

‘त्यस्तो अनावश्यक राजनिति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार नै हो। सोसम्बन्धी सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन कानुनका धाराहरु पनि हेर्नुहोला।

अब फागुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने विनम्र अनुरोध छ’, उनले लेखेका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP