Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

मोटरसाइकलले ठक्कर दिँदा ट्र्याक्टर चालक ४२ वर्षीय दीपेन्द्र पासवानको मृत्यु

काठमाडौँ : सप्तरीको खडक नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। वडा नं. ११ बनौलीस्थित हुलाकी सडकखण्डमा प्रदेश २-०१-००१ प १७०८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ट्र्याक्टर चालक ४२ वर्षीय दीपेन्द्र पासवानको मृत्यु भएको हो ।

आइतबार राति खडक ११ स्थित हुलाकी सडकखण्डमा रोडको साइडमा नम्बर नखुलेको ट्र्याक्टरमा पछाडि थ्रेसर जोडेर धान दाइँ गरिरहेका वेला सडकमा उभिरहेको अवस्थामा बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको प्रदेश २-०१-००१ प १७०८ नम्बरको मोटरसाइकलले पासवानलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको थियो। त्यहीँ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायबा उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका- १२ अर्नाहाचौकका २८ वर्षीय रामचन्द्र चौधरी घाइते भएका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP