Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

धनकुटामा विद्यालय बस दुर्घटना हुँदा गम्भीर घाइते

धनकुटा : गत आइतबार धनकुटामा विद्यालय बस दुर्घटना हुँदा गम्भीर घाइते भएका बस चालकको उपचारको क्रममा मृत्यु भएको छ। आइतबार धनकुटा नगरपालिका वडा नं. ७ रमाइलो घुम्तीमा सुनसरीको रामधुनीबाट तेह्रथुमको तीनजुरेसम्मको शैक्षिक भ्रमण सकेर फर्कँदै गरेको को १ ख ५३१३ नम्बरको बस अनियन्त्रित भई सडक डिलमा पल्टेर दुर्घटना भएको थियो।

दुर्घटनामा परि गम्भीर घाइते भएका बसचालक सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ झुम्का घर भएका ६० वर्षीय भुवन चौधरीको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

सुनसरीको रामधुनी–५ पिङ्क लोटस इङलिस स्कुलको बस दुर्घटना हुँदा बसचालक सहित २९ जना घाइते भएका थिए। घाइते हुने अन्य विद्यार्थी रहेकोमा उनीहरूको धनकुटा अस्पतालमा उपचार पछि केही घर फर्किएका छन् भने केहीको तराईका अस्पतालमा उपचार भइरहेको छ।

अन्य घाइतेहरू भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। बसमा २२ छात्रा र १४ छात्र गरी ३६ विद्यार्थी, ३ जना शिक्षक र चालक तथा सहचालक गरी ४१ जना सवार रहेका थिए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP