Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

समानुपातिकतर्फ २ करोड ८ लाख मतपत्र छापियो

१३ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम धमाधम भइरहेको छ । निर्वाचन आयोगले अहिलेसम्मः समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको र प्रत्यक्षतर्फको छपाइ सुरु भएको जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सकिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

आयोगले नेपाली सेनाको सुरक्षा घेराभित्र छपाइ गरिरहेको छ । आयोगले फागुन ५ गतेभित्र सम्बन्धित स्थानमा स्थानमा मतपत्र पुर्‍याउने लक्ष्य राखेको छ। सम्बन्धित स्थानमा मतपत्र पुगिसकेपछि मतदान अधिकृतहरूले कानुन बमोजिम मतदानको दिनमात्र सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था छ । उच्च सुरक्षा प्रबन्धका साथ मतपत्र ढुवानी हुने आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको मतपत्र १५ दिनमा छपाइ सकिने भण्डारीको भनाइ छ । प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको र समानुपातिकतर्फ बन्दसूचीमा नाम समावेश उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP