Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

विश्वकप २०२६ फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रुपमा सुरु

गोविन्दराज नेपाल

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रुपमा सुरु हुँदैछ।
नेपालले लगातार दोस्रो पटक टी-२० विश्वकपमा सहभागिता जनाउँदै समूह सी मा भारतमै सबै खेल खेल्नेछ।
बंगलादेशले भारतमा खेल्न नचाहेपछि आईसीसीले स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराएको छ।
१३ माघ, काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ फेब्रुअरी ७ (माघ २४ गते) देखि सुरु हुँदैछ । सन् २००७ मा भारतबाट सुरु भएको टी-२० विश्वकपको यो १०औं संस्करण हो र टी-२० विश्वकप फेरि एक पटक दक्षिण एसियामा हुँदैछ ।

क्रिकेटको छोटो स्वरुप र रोमाञ्चक फर्म्याट टी-२० विश्वकपमा उत्कृष्ट राष्ट्रहरू खेल्दैछन् । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा २० टिमको सहभागिता रहनेछ ।

नेपालमा निर्वाचनको माहोल तात्दैछ । तर भारत र श्रीलंका टी-२० विश्वकप आयोजनाका लागि तयार छ । नेपालको पनि लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा सहभागिता हुँदैछ ।

श्रीलंकामा पहिलो चरणको तयारी गरेर नेपाली टिम हाल भारतको मुम्बई पुगिसकेको छ । दोस्रो चरणको तयारीपछि नेपालले चेन्नईमा अफिसियल वार्म अप खेलहरू खेल्नेछ । त्यसपछि विश्वकपको समूह चरणको खेलहरू खेल्न फेरी मुम्बईमै फर्कनेछ ।

भारत साविक विजेता समेत हो । यस पटक घरेलु मैदानमै टी-२० विश्वकपको उपाधि रक्षा गर्ने योजनामा भारत छ ।

टी-२० विश्वकप २०२४ को उपाधिका साथ भारत
यस्तै एक मात्र नयाँ टोलीले टी-२० विश्वकप खेल्दैछ । युरोपियन राष्ट्र इटली पहिलो पटक टी-२० विश्वकपमा छनोट भएको हो र स्कटल्यान्ड विरुद्ध पहिलो खेल खेल्दै टी-२० विश्वकपमा डेब्यु गर्दैछ ।

आईसीसी टी-२० विश्वकपको पहिलो खेल फेब्रुअरी ७ मा पाकिस्तान र नेदरल्यान्ड्सबीच एसएससी कोलोम्बोमा हुनेछ । सोही दिन वेस्ट इन्डिज र स्कटल्यान्डबीच कोलकतामा खेल हुनेछ भने आयोजक भारतले अमेरिकासँग मुम्बईमा खेल्नेछ ।

फाइनल खेल मार्च ८ मा अहमदाबाद/कोलोम्बोमा हुनेछ ।

विश्वकपको समूह चरणमा कूल ४० खेल हुनेछ । यस्तै सुपर एट चरणमा १२ खेल हुनेछ भने सेमिफाइनल २ अनि फाइनल १ गरी कूल ५५ खेल हुनेछ ।

यी हुन् सहभागी २० टोली

आईसीसी टी-२० विश्वकप २०२६ का लागि एसियाबाट सर्वाधिक ७ टोलीले खेल्दैछन् । जसमा आयोजकद्वय भारत र श्रीलंकासँगै अफगानिस्तान, पाकिस्तान, नेपाल, ओमान, युएई छन् ।

यस्तै युरोपबाट ५ (इंग्ल्यान्ड, आयरल्यान्ड, नेदरल्यान्ड्स, इटली र स्कटल्यान्ड), अफ्रिकाबाट ३ (दक्षिण अफ्रिका, जिम्बाबे, नामिबिया), अमेरिकाजबाट २ (अमेरिका, क्यानडा), क्यारेबियनबाट १ (वेस्ट इन्डिज) तथा ओसियाना क्षेत्रबाट २ (अस्ट्रेलिया, न्युजिल्यान्ड) टिमले विश्वकप खेल्नेछन् ।

सुरुमा एसियाकै बंगलादेशले पनि खेल्ने भनिएकोमा पछि बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा नखेल्ने र श्रीलंकामा आफ्नो खेल सार्न आग्रह गरेको थियो ।

तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अन्तिम समयमा खेल सार्न सम्भव नभएको र पूर्व निर्धारित तालिका अनुसार नै बंगलादेशले भारतमै खेल्ने र अन्यता बंगलादेशलाई हटाएर अर्को टिम सहभागी गराउने जनाएको थियो ।

बंगलादेशले भारत नखेल्ने अडान कायम राख्यो । त्यसपछि आईसीसीले बंगलादेशलाई हटाएर उच्च वरियताको टिम स्कटल्यान्डलाई सहभागी गराएको हो ।

आयोजक (२) : भारत, श्रीलंका

२०२४ को विश्वकप प्रदर्शनका आधारमा (६): अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका, वेष्ट इन्डिज

उच्च वरियताको आधारमा : आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड* (*बंगलादेशलाई हटाएपछि स्कटल्यान्ड उच्च वरियताका आधारमा छानिएको)

क्षेत्रीय छनोटबाट (८) : नेपाल, ओमान र युएई (एसिया-इएपी), इटली र नेदरल्यान्ड्स (युरोप), नामिबिया र जिम्बाबे (अफ्रिका), क्यानडा (अमेरिका)

समूह विभाजन :

समूह ए: भारत, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान, अमेरिका

समूह बी: अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका, जिम्बाबे

समूह सी: इंग्ल्याण्ड, इटली, नेपाल, स्कटल्यान्ड*, वेष्ट इन्डिज,

समूह डी: अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, युएई

कसरी छनोट भए टिम ?

भारत र श्रीलंका आयोजकको रुपमा स्वत: १०औं संस्करणको टी-२० विश्वकपका लागि छानिएका हुन् । भारत साविक विजेता समेत हो ।

यस्तै २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा शीर्ष सातमा रहेका (भारत र श्रीलंका बाहेक) अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले पनि स्वत: विश्वकपमा स्थान बनाएका हुन् । तर अन्तिम समयमा बंगलादेशले भारतमा विश्वकप खेल्न नजाने र अडान राखेपछि आईसीसीले बंगलादेशलाई हटाएर श्रीलंकालाई टी-२० विश्वकपमा सहभागी गराएको हो ।

बंगलादेश बाहिरिएपछि आईसीसीले वरियतामा माथि रहेको आधारमा स्कटल्यान्डमा विश्वकप खेल्ने अवसर दिएको हो ।

आईसीसीको वरीयतामा रहेको शीर्ष टिममध्येबाट आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तानले पनि सिधै विश्वकपमा स्थान बनाए । बाँकी ८ टिमले भने विभिन्न महादेशको छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएका हुन् ।

एसिया-इएपी छनोटबाट नेपाल, ओमान र युएईले, अमेरिका क्षेत्रबाट क्यानडा, युरोपबाट नेदरल्यान्ड्स र इटली तथा अफ्रिकाबाट जिम्बाबे र नामिबिया टी-२० विश्वकपमा छनोट भएका हुन् ।

स्कटल्याण्डलाई हराएर पहिलोपटक विश्वकपमा छनोट भएको इटली
यस्तो छ प्रतियोगिताको फर्म्याट

पछिल्लो पटक २०२४ मा वेष्ट इन्डिज र अमेरिकामा जस्तै यस पटक पनि उही फर्म्याटमा टी-२० विश्वकप खेलाइनेछ ।

नवौं संस्करणबाट टी-२० विश्वकपमा २० टिम सहभागी हुन थालेपछि टिमलाई विभिन्न चार समूहमा विभाजन गरेर खेलाइएको थियो ।

यस पटक पनि त्यसैगरी सहभागी २० टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलहरू पछि हरेक समूहबाट शीर्ष दुई स्थानमा रहने टिम सुपर एटमा प्रवेश गर्नेछन् ।

सुपर एटमा ८ टिमलाई २ समूहमा विभाजन गरिनेछ । सुपर एटमा दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् र सेमिफाइनलका दुई विजेता टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

कहाँ-कहाँ हुन्छ खेलहरू ?

यस पटक भारत र श्रीलंका दुई देशमा टी-२० विश्वकपका खेलहरू हुँदैछ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम, चेन्नईको एमए चिदाबरम स्टेडियम, दिल्लीको अरुण जेट्ली स्टेडियम, कोलकताको इडेन गार्डेन्स र मुम्बईको वाङ्खडे स्टेडियममा विश्वकपका खेलहरू हुनेछन् ।

यस्तै श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमादासा स्टेडियममा र एसएससी क्रिकेट ग्राउण्ड तथा क्यान्डीको पल्लेकेले क्रिकेट स्टेडियममा विश्वकपका खेलहरू हुनेछ ।

आर प्रेमादासामा सेमिफाइनल र फाइनल सहित (पाकिस्तान फाइनल पुगेमा) १० खेल हुनेछ ।

यस्तै मुम्बईमा दोस्रो सेमिफाइनलसहित ८ खेल हुनेछ भने अहमदाबाद, चेन्नई, कोलकता र क्यान्डीमा समान ७ खेल हुनेछ । दिल्लीमा ६ र एसएससी क्रिकेट ग्राउन्डमा ५ खेल हुनेछ ।

नेपालका ४ खेलसहित ८ खेलहरू हुने वाङ्खडे स्टेडियम
पहिलो सेमिफाइनल कोलकता र फाइनल खेल अहमेदाबादमा हुने तालिका छ । तर यदि पाकिस्तान सेमिफाइनल र फाइनल पुगेमा दुवै खेल श्रीलंकामा हुनेछ ।

पाकिस्तान सेमिफाइनल पुगेमा पहिलो सेमिफाइनल कोलोम्बोमा हुनेछ । दोस्रो सेमिफाइनल भने मुम्बईमा हुनेछ ।

यस्तै पाकिस्तान फाइनल पुगेमा फाइनल खेल कोलोम्बोमा हुनेछ भने पाकिस्तान फाइनल नपुगे भारतको अहमदाबादमा फाइनल खेल हुनेछ ।

बंगलादेशलाई विश्वकपबाट हटाएपछि पाकिस्तानले पनि विश्वकप खेल्ने नखेल्ने शंका उत्पन्न भएको छ । विश्वकप सहभागिताबारे पाकिस्तानले अर्को फेब्रुअरी २ सम्ममा निर्णय गर्ने जनाएको छ ।

नेपाल सम्मिलित समूह सी को सबै खेल भारतमा हुनेछ । जसमा ५ खेल मुम्बई र ५ खेल कोलकतामा हुनेछ । यस्तै समूह बी का खेलहरू श्रीलंकाको कोलोम्बोस्थित दुई मैदान र क्यान्डीमा हुनेछ ।

यस्तै समूह डी को खेलहरू पनि भारतमै हुनेछ । जसमा चेन्नईमा ४ खेल हुनेछ भने अहमेदावाद र दिल्लीमा समान ३ खेल हुनेछ ।

यी हुन् अहिलेसम्म टी–२० विश्वकप जित्ने राष्ट्र

अहिलेसम्म जम्मा ६ राष्ट्रले टी-२० विश्वकपको उपाधि जितेका छन् । जसमा तीन राष्ट्र दक्षिण एसियाका छन् ।

दक्षिण एसियामा भारतले २ तथा पाकिस्तान र श्रीलंकाले समान एक पटक टी-२० विश्वकप जितेको छ ।

यस्तै इंग्ल्याण्ड र वेस्ट इन्डिजले पनि समान दुई तथा अस्ट्रेलियाले एक पटक टी-२० विश्वकप जितेको छ ।

पहिलो संस्करणको टी-२० विश्वकप जितेको भारतीय टोली
हालसम्मका उपाधि विजेता

भारत : २००७, २०२४
इंग्ल्यान्ड : २०१०, २०२२
वेष्टइण्डिज : २०१२, २०१६
पाकिस्तान : २००९
श्रीलंका : २०१४
अस्ट्रेलिया : २०२१

नेपालको खेल तालिका

८ फेब्रुअरी: नेपालविरुद्ध इंग्ल्यान्ड

१२ फेब्रुअरी: नेपालविरुद्ध इटली

१५ फेब्रुअरी: नेपालविरुद्ध वेस्ट इन्डिज

१७ फेब्रुअरी: नेपालविरुद्ध स्कटल्यान्ड

यस्तो छ पूरा खेलतालिका

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP