Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

प्लेटफर्महरूले उमेर प्रमाणीकरण प्रणाली लागू गर्न आवश्यक हुने घोषणा

स्पेनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने भएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भएको विश्व शिखर सम्मेलनमा स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने र प्लेटफर्महरूले उमेर प्रमाणीकरण प्रणाली लागू गर्न आवश्यक हुने घोषणा गर्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । उहाँले अन्य युरोपेली देशहरूलाई पनि यस्तै उपायहरू लागू गर्न आह्वान गर्नुभयो ।

सान्चेजको वामपन्थी गठबन्धन सरकारले सामाजिक सञ्जालमा घृणायुक्त भाषण, अश्लील सामग्री र गलत सूचना प्रसारको बारेमा बारम्बार गुनासो गर्दै आएको छ र यसले युवाहरूमा नकारात्मक प्रभाव पारेको बताएको छ ।

स्पेनी प्रधानमन्त्री सान्चेजले आफ्नो सरकारले अर्को हप्ता सामाजिक सञ्जालका कार्यकारीहरूलाई गैरकानूनी र घृणायुक्त भाषण सामग्रीका लागि जवाफदेही बनाउनुका साथै एल्गोरिथमिक हेरफेर र अवैध सामग्रीको प्रवर्द्धनलाई रोक्न विधेयक पेश गर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

गएको डिसेम्बरमा अस्ट्रेलिया १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने पहिलो देश बनेको थियो । बेलायत र फ्रान्सजस्ता अन्य देशहरूले यस्तै खाले प्रतिबन्धहरूबारे विचार गरिरहेका छन् । वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP