
कृष्णनगर, ६ फागुन ।
उद्योग वाणिज्य संघ कृष्णनगरभित्र पछिल्ला केही दिनयता देखिएको विवाद सार्वजनिक रुपमै सतहमा आएको छ । संघका १९ जना पदाधिकारीले अध्यक्ष रितेश शर्मा विरुद्ध हस्ताक्षर संकलन गर्दै औपचारिक असहमति जनाएका छन् । कार्य समितिमा २२ जना पदाधिकारी छन् । जसमध्ये १७ जना पदाधिकारीले हस्ताक्षर गरेका छन् भने थप २ जनाले सहमति जनाए छन् ।
पदाधिकारीहरुले अध्यक्ष शर्माले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका अभिव्यक्तिहरू उनको व्यक्तिगत धारणा मात्र भएको र ती आरोपहरूलाई कार्यसमितिले कुनै महत्व नदिएको बताएका छन् । उनीहरुले अध्यक्षबाट निर्माणसमिति पदाधिकारीमाथि लगाइएका आरोपहरू तथ्यहीन तथा पूर्वाग्रही मानसिकताबाट प्रेरित भएको दाबी गरेका छन् ।
संघद्वारा जारी जानकारी अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संघको भवन मर्मतका लागि कृष्णनगर नगरपालिकाले विनियोजन गरेको बजेट अनुसार दैनिक पत्रिकामा सूचना प्रकाशन गरी दरभाउ आह्वान गरिएको र न्यूनतम दरको निर्माण सामग्री प्रयोग भइरहेको निर्माणसमितिले निर्णयमार्फत स्पष्ट गरिसकेको उल्लेख छ ।
निर्माण प्रक्रिया सम्बन्धी अनुगमन तथा मूल्यांकन गर्ने जिम्मेवारी बजेट विनियोजन गर्ने निकाय कृष्णनगर नगरपालिकाकै रहेको पनि जनाइएको छ ।
पदाधिकारीहरूले अध्यक्ष शर्माले आफैं निर्माण समिति गठन गरी अनुगमन समितिमा समेत सहभागी रहेको उल्लेख गर्दै अहिले लगाइएका आरोपहरूले सम्पूर्ण कार्यसमिति सदस्यलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको बुझाइ व्यक्त गरेका छन् ।
संघका पदाधिकारीहरूले अध्यक्ष शर्माले पछिल्ला दिनहरूमा विभिन्न माध्यमबाट दिएको अभिव्यक्तिले संघ र समग्र व्यापारी वर्गको मान-सम्मानमा ठेस पुगेको दाबी गर्दै तथ्यहीन आरोपको पछि नलागी सत्यतथ्य बुझ्न सबैमा आग्रह गरेका छन् ।
अध्यक्ष शर्माकाे अभिव्यक्ति विरुद्ध १९ पदाधिकारीको बगावत उत्रिएका छन् । यस घटनाक्रमले संघभित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ ।


राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया