Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

अरु काम छाडेरै भए पनि भोट हाल्नूस्: प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने निर्वाचनमा अनिवार्य रूपमा सहभागी भई देशको भविष्य निर्माणमा भूमिका खेल्न सम्पूर्ण मतदातालाई आह्वान गरेकी छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देश पुनः एक ऐतिहासिक मोडमा आइपुगेको उल्लेख गरिन्।प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछिको जटिल, संवेदनशील र चुनौतीपूर्ण अवस्थाबाट मुलुकलाई शान्तिपूर्ण निकासतर्फ डोर्याउँदै संविधानको मार्गमा फर्काउन सफल भएको बताइन्। विधिको शासन स्थापित गर्दै स्थिरताको दिशामा अघि बढ्नु सम्पूर्ण नेपाली जनताको संयम र सहकार्यको परिणाम भएको उनको भनाइ थियो।उनले मतदानलाई केवल चुनाव चिन्हमा छाप लगाउने कार्य नभई आफ्नो र सन्तानको भविष्य निर्धारण गर्ने जिम्मेवार निर्णयको रूपमा व्याख्या गरिन्। “फागुन २१ गते अरू काम छाडेरै भए पनि मतदान केन्द्रमा पुगेर मतदान गर्नुहोस्,” उनले अपिल गरिन्।निर्वाचनको पूर्वसन्ध्यामा शान्ति र अमनचयन कायम राख्न आग्रह गर्दै प्रधानमन्त्रीले स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भए पनि मनमुटाव र वैमनस्य हुन नहुने बताइन्। मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र प्रचारप्रसारका क्रममा संयमित व्यवहार गर्न सबै राजनीतिक दल, उम्मेदवार र समर्थकहरूलाई उनले आग्रह गरिन्।निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरूको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्रीले निष्पक्ष, स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारिन्। चारवटै सुरक्षा संयन्त्र परिचालन गरिएको र प्रदेश तथा स्थानीय तहले पनि आवश्यक सहयोग गरिरहेको जानकारी दिइन्।सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक र तथ्यहीन सामग्रीप्रति सतर्क रहन आग्रह गर्दै उनले त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने चेतावनी दिनुभयो। दण्डहीनतालाई प्रश्रय नदिने सरकारको अडान दोहोर्याउँदै कानुनबमोजिम कारबाही गर्न पछि नहट्ने स्पष्ट पारिन्।होली (फागु पूर्णिमा) को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले संयमित र सभ्य रूपमा पर्व मनाउन आग्रह गरिन्। “कसैको इच्छाविपरीत रङ नलगाऔँ,” उनले भनिन्। वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP