
भीरबाट लडेर पचालझरना गाउँपालिका–२ धमालीकी ३३ वर्षीया सिध्दा विश्वकर्माको मृत्यु भएको छ।मंगलबार घाँस काट्ने क्रममा स्थानीय चौरामाडु हुमान्ना डाँडा भीरबाट लडेर सक्त घाइते भएकी विश्वकर्माको घर नपुर्याउँदै बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए।भिरबाट २ सय मिटर तल खसेकी सिद्धाको रास्कोट अस्पतालका चिकित्सकले पोस्टमाटर्म गरेर जेठाजु बिर्खबहादुर विश्वकर्मालाई शव बुझाइएको डिएसपी खत्रीले बताए। उनको कर्णाली नदीमा दाहसंस्कार गरिएको छ।विश्वकर्माका चार छोराछोरी छन्। कान्छो छोरा दुई वर्षको मात्र भएको स्थानीय शिक्षक केशव कठायतले बताएउनका अनुसार जेठो छोरा १४, माइली छोरी ११, साहिली छोरी ८ बर्षका छन्। पति वीरेन्द्र विश्वकर्मा हिमचुली सहकारी संस्थामा कार्यरत छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया