
बार्सिलोना कोपा डेल रेको उपाधि होडबाट बाहिरिएको छ।मंगलबार राति भएको खेलमा एट्लेटिको मड्रिडविरुद्ध ३–० ले जित निकाले पनि बार्सिलोना समग्रमा ४–३ ले पराजित भयो।पहिलो लेगमा बार्सिलोना एट्लेटिकोसँग ४–० ले पराजित भएको थियो। दोस्रो लेगमा ह्यान्सी फ्लिकको टोलीले सानदार प्रदर्शन गरेपनि चुक्न पुग्यो। गोलका अवसर बारम्बार बनाएपनि बार्सिलोनाले सोचेको जस्तो गोल निकाल्न सकेन।क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई जिताउन मार्क बेर्नालले दुई गोल गरे। थप एक गोल कप्तान राफिन्हाले गरेका थिए।अब, एट्लेटिकोले फाइनलमा रियाल सोसिडाड र एथ्लेटिको क्लब मध्ये एकसँग खेल्नेछ । पहिलो लेगमा सोसिडाड १–० ले अगाडि छ।यसपटक कोपा डेल रेको फाइनल बार्सिलोना र रियाल मड्रिडविहीन हुनेछ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया