
डडेल्धुराको आलिताल गाउँपालिकाको मोटरसाइकल धनगढीमा दुर्घटनामा परेको छ।हिजो राति अत्रियाबाट धनगढीतर्फ गइरहेको सरकारी नम्बर प्लेटको सुदूरपश्चिम प्रदेश ०१–००१ प १७६२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको प्रदेश ३ ०१–०२२ प ४३ ९२ नम्बरको कारको पछाडी ठक्कर दिएको थियो।धनगढी उपमहानगरपालिका–४ बोराडाँडी चोकमा भएको दुर्घटनामा गाउँपालिकाका कार्यरत सब–इन्जिनियर सन्तोस बोगटी र आलिताल गाउँपालिका– १ बस्ने खगेन्द्र बोगटी घाइते भएका छन्। खगेन्द्रको माया मेट्रो र सन्तोषको नवजीवन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।उनीहरुको अवस्था अहिले खतरामुक्त छ। कार चालक धनगढीकै नवराज पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया