
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रमुख सैन्य तथा व्यापारिक केन्द्र खार्ग टापुमा पश्चिम एसियाको इतिहासकै शक्तिशाली बमबारी गरिएको बताएका छन्।ट्रम्पका अनुसार अमेरिकी सेनाले इरानको सैन्य क्षमतालाई ध्वस्त पारेको छ । यदि इरानले हर्मज जलसन्धिमा अवरोध जारी राखेमा त्यहाँका तेल कुवाहरू समेत नष्ट गरिदिने चेतावनी ट्रम्पले दिएका छन्। यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको परमाणु कार्यक्रम र ब्यालिस्टिक मिसाइल संयन्त्र लक्षित गरी भइरहेको आक्रमणले इरानको शक्ति ९० प्रतिशतले घटेको दाबी गरेका छन्।पछिल्लो २४ घण्टामा तेहरान र मध्य प्रान्तका विभिन्न सैन्य इलाकामा १५० भन्दा बढी हवाई आक्रमण भएका छन्। इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले आफ्ना पिता र अन्य कमाण्डरहरूको हत्याको बदला लिने भन्दै कडा चेतावनी दिएका छन्। इरानले इजरायलको हाइफा र बीरशेबा शहरका ऊर्जा केन्द्रहरूलाई निशाना बनाएर ड्रोन आक्रमण गरेको छ ।यसैबीच, लेबनानमा पनि इजरायली आक्रमण तीव्र भएको छ, जहाँ हिजो मात्रै १२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया