Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

जो केन्टले इरानविरुद्धको युद्धको विरोध गर्दै पदबाट राजीनामा दिए

अमेरिकाको आतंकवाद नियन्त्रण केन्द्र प्रमुख जो केन्टले इरानविरुद्धको युद्धको विरोध गर्दै पदबाट राजीनामा दिएका छन्।उनले यो जानकारी सामाजिक सञ्जाल एक्स मार्फत दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले इरानसँगको युद्धप्रति गम्भीर असहमति जनाएका छन्।केन्टले आफ्नो पत्रमा ‘इरान अमेरिकालाई खतरा थिएन’ भन्दै यो युद्ध इजरायल र त्यससँग सम्बन्धित अमेरिकी लबिको दबाबका कारण सुरु गरिएको दाबी गरेका छन्।उनले ‘नैतिक रूपमा यस्तो युद्धलाई समर्थन गर्न नसक्ने’ उल्लेख गर्दै पद त्याग गरेको जनाएका छन्।इरानमा खामेनीसहित ४० भन्दा बढी अधिकारीहरू मारिएपछि अमेरिकालाई यो युद्ध ठूलो सफलता जस्तो लागेको थियो। तर १७ दिनपछि अवस्था बदलिएको छ र युद्धको कुनै स्पष्ट अन्त्य देखिएको छैन।इरानले जवाफमा होर्मुज स्ट्रेटको बाटोबाट हुने तेल आपूर्ति रोकिदिएको छ। यसले विश्वको अर्थतन्त्रमा ठूलो चोट पुर्‍याएको छ। ट्रम्पले अहिले आफ्ना सहयोगी नेटो देशहरूसँग होर्मुजको बाटो खुलाउन अपिल गरिरहेका छन्।यद्यपि यी देशहरूले होर्मुज स्ट्रेटमा आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो देशहरूले यो महत्त्वपूर्ण समुद्री बाटो पुनः खुलाउन मद्दत नगरे नेटोको भविष्य नै खराब हुन सक्ने चेतावनी दिएकै बेला यो निर्णय आएको हो।जर्मनीले कुनै पनि सैन्य कारबाहीमा भाग नलिने प्रस्ट पारेको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले यस विषयमा कहिल्यै कुनै निर्णय नभएकोले जर्मनीको सैन्य योगदानको प्रश्न नै नउठ्ने बताए।बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले आफ्नो देश यो ठूलो युद्धमा नफस्ने बताए। तेल बजारलाई स्थिर राख्न होर्मुज स्ट्रेट पुनः खुलाउनु आवश्यक रहेको तर यो सजिलो काम नभएको उनले स्वीकार गरे। कुनै पनि कदम धेरैभन्दा धेरै देशहरूको सहमतिमा मात्रै उठाइने पनि उनले बताए।इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले यस संकटको समाधान वार्ताबाटै निस्कनुपर्ने र आफ्नो देश कुनै पनि नौसैनिक मिसन बढाउने पक्षमा नरहेको बताए। थााहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP