
प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो ।
प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिएको र थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले बताउनुभयो । चार जनामा पुष्टि भएपछि थप प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइने तयारी भइरहेको प्रवक्ता शाहीले जानकारी दिनुभयो । हालसम्म देशभर १ सय १५ प्रहरीमा कोरोना संक्रण देखिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया