
एजेन्सी । कोरोना कहरका बीच हुन लागेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजकले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले खेल्नेसीपीएल आठौं संस्करणको सीपीएल अगस्ट १८ देखि ट्रिनिडाड एण्ड टोबागोमा हुने छ ।
६ टिम सहभागि प्रतियोगिताको उद्घाटन खेलमा दुई पूर्व विजेता ट्रिनबागो नाइट राइडर्स र गुएना अमेजन वारिवर्स आमने सामने हुनेछन्। यस्तै सोही दिन साविक विजेता बार्बेडोस ट्राइडेन्ट्सले र सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्ससँग खेल्नेछ । प्रतियोगिता अन्तर्गतको फाइनल खेल सेप्टम्बर १० मा हुनेछ ।
नेपाली खेलाडी लामेछाने यससिजन जमैका तल्लावाजबाट खेल्ने छन् । जमैकाले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । तर सन्दीप यसपटक सीपीएल खेल्न जाने वा नजाने निर्णय भइसकेको छैन । कोरोना महामारी र लकडाउनका कारण हवाई उडान नहुँदा सन्दीपले खेल्ने,नखेल्ने बारे अझै अन्योल रहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया