
काठमाडौँ – नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा जानकारी दिए ।
उनका अनुार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३९ पुगेको छ ।
लकडाउन खुलेको साउन ७ गते यता २८ हजार ७२ जनाको पीसीआर परीक्षण गरिएकोमा जम्मा १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
पछिल्लो चौबिस घण्टामा १२१ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएसँगै हालसम्म १३ हजार ८ सय ७५ जना डिस्चार्ज भएका छन् ।
मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया