Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

पत्रकार र सञ्चारगृह आक्रमणमा संलग्नलाई कानुनी कार्यवाही गर्ने माग

काठमाडौं

समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा केही व्यक्ति प्रवेश गरी गरिएको आक्रमण र पत्रकार कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ कैलाली शाखाका अनुसार धनगढी थुनुवा कक्षभित्रै एक युवकले आत्महत्या गरेको विषयमा प्रकाशित समाचारलाई लिएर आज १५(२० जनाको समुह एक्कासि सञ्चारगृह भित्र प्रवेश गरी आक्रमण गर्दै उक्त समाचार डिलिट गर्न धम्क्याउदै एफएमका सहसम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि हातपात र कुटपिट गरेकोे नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जनाएका छन ।

प्रकाशित समाचार चित्त नबुझे कानुनी उपचार खोजिनुपर्नेमा गुण्डागर्दी शैलीमा सञ्चारगृहमा प्रवेश गरी भएको आक्रमण र कुटपिट आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप हो । महासंघ प्रेसमाथि गरिएको यो ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ । घटनामा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन एवं पत्रकार र सञ्चारगृहको सुरक्षामा गम्भीर भई स्वतन्त्र र निर्वाहरुपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP