Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सामान्य बन्दै कोहलपुर, कर्फ्यु अझै जारी

बाँके – विद्यार्थी र प्रहरीको झडपका कारण आइतबार दिनैभर तनाबग्रस्त बनेको बाँकेको कोहलपुर बजार क्षेत्र सामान्य बन्दै गएको छ ।

सुरक्षाका कारण साेमबार १ दिनका लागि कोहलपुर बजार क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरिए पनि बिहानैदेखि कोहलपुर बजार क्षेत्रमा गाडी र मानिसको आवतजावत भइरहेको छ ।

आइतबार राती बसेको सर्बदलीय तथा सर्बपक्षीय बैठकले संयमित हुन स्थानीयसँग अनुरोध गर्दै घाइतेको उपचार, तोडफोड र आगजनीको क्षतिपूर्तीका लागि गृह मन्त्रालयसग सिफारिस गर्ने निर्णय गरेको छ ।

त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएर घाइते बनाएको विरोधमा विद्यार्थीले प्रहरीमाथि ढुँगामुढा र लाठी प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार र हवाइफायर गरेको थियो ।

दिउँसो २ बजेदेखि कोहलपुरमा प्रहरीले माइक लगाएर कर्फ्यु जारी गरिएको बताउँदै स्थानीयलाई हिँडडुल गर्न र पसल खोल्न दिएको थिएन । गाडी पनि चलेका थिएनन् । कर्फ्यु अझै पनि जारी रहेकाे छ । 

घाइते चन्दको काठमाडौमा उपचार भइरहेको छ । झडपमा घाइते भएकामध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौ ल्याउने तयारी भइरहेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP